डिजेल र पेट्रोलको भाउ बढ्यो, डिजेलमा एकै पटक १४ रुपैयाँ वृद्धि
नुवाकोट । नेपाल आयल निगमले डिजेल , मट्टीतेल र पेट्रोलको मूल्य बढाएको छ । निगमले साउन ३१ गते बिहान १२ बजेर १ मिनेटदेखि लागु हुने गरि मूल्य बढाएको हो ।
निगमले पेट्रोल प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १४ रुपैयाँ बढाएको छ। स्वचालित मूल्य प्रणाली मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
निगमको विज्ञप्तिमा भनिएको छ ‘इण्डियन आयल कर्पोरेशनबाट १५ अगष्ट, २०२३ ( श्रावण ३०, २०८०) मा प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल र डिजेलमा क्रमशः प्रति लिटर रु. ३ । ८५ र रू. ११ । २५ ले बृद्धि भई आएकोले निगम व्यवस्थापनको मिति २०८० । ०४ । ३० को निर्णय अनुसार निगमले “पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि, २०८०” तथा परिवर्तित मूल्यमा मूल्य अभिवृद्धि कर सहित समायोजन गरि कायम हुने बिक्री मूल्यका आधारमा भोली मिति १६ अगष्ट २०२३ (२०८०/०४/३१ ) बिहान ००:०१ बजेदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल तथा डिजेल / मट्टितेलमा क्रमशः प्रति लिटर रू. ५।०० र रू. १४।०० ले बृद्धि गरेको छ ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
माथिल्लो महभीर जाने सडकको ट्रयाक संचालनमा





प्रतिक्रिया