रसुवामाको माथिल्लो साङ्जेन जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन सुरू
रसुवा । साङ्जेन जलविद्युत् कम्पनीले निर्माण गरेको सिम्बु जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन सुरू भएको छ ।
माथिल्लो साङ्जेनको नामले निर्माण भएको १४.८ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाबाट साउन २० देखि उत्पादन हुन थालेको हो । उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा पठाउन थालिएको छ ।
साङ्जेन जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक सुनिलकुमार ढुङ्गेलका अनुसार सन् २०१३ देखि निर्माण सुरू भएको माथिल्लो साङ्जेन जलविद्युत् आयोजनाले उत्पादन दिन थालेको र उत्पादित विद्युत् चिलिमे जलविद्युतको राष्ट्रिय प्रसारण लाइनमार्फत केन्द्रीय भण्डारणमा पठाइ सकिएको छ ।
विद्युत् उत्पादनका लागि समुद्र सतहबाट २ हजार ३५० मिटरको उचाइ तिलुचे बगरमा बाध बाँधेर १ हजार ३०० मिटर भूमिगत सुरूङ एवं १५६ मिटर पेनस्टक पाइपको सहायताले प्रतिसेकेन्ड ११.६ घनमिटर पानी सिम्बु गाउँको पुछारमा निर्मित विद्युत् गृहमा पुर्याइएको छ ।
तीनवटा फ्रान्सिस टरवाइनमार्फत वार्षिक ८ करोड ८५ लाख युनिट विद्युत् उत्पादन हुने र आयोजनाबाट वार्षिक ४० करोड आय हुने प्रबन्ध निर्देशक ढुङ्गेलले बताए ।
विद्युत् गृह रहेको स्थान समुद्र सतहदेखि २ हजार १८० मिटरको उचाइमा छ । यो आयोजना सम्पन्न भएसँगै अब रसुवाको जल सम्पदाले १०१.८ मेगावाट विद्युत् उत्पादन गराएको छ ।
यसअघि २०६० सालमा २२ मेगावाट क्षमताको चिलिमे, २०७१ मा ५ मेगावाट क्षमताको मैलुङ्खोला र २०७६ मा ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्रि–ए जलविद्युत् केन्द्रले उत्पादन दिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा
शिवपुरीको थानाभञ्ज्याङमा बस र विद्युतीय गाडी भीरबाट खस्दा दुईको मृत्यु, तीन घाइते





प्रतिक्रिया