तारकेश्वरको सबै वडामा निशुल्क आँखा शिविर संचालन गर्दै घिमिरे

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर १ कात्तिके घर भएका सुदिप घिमिरेले आफ्नै व्यत्तिगत खर्चमा आफ्नो पालिकाको सबै वडामा निशुल्क आँखा शिविर संचालन गरिरहेका छन् ।
दृष्टि आँखा केन्द्र कलंकीको प्राविधिक सहयोगमा यही साउन ५ गतेदेखि वडा नम्बर ६ बाट शुरु भएको निशुल्क आँखा जाँच कार्यक्रम बिहिवार वडा नम्बर ४ सम्म आईपुग्दा एकसय जनाभन्दा बढीले सेवा लिइसकेका छन् ।

समाजसेवी सुदिप घिमिरे ।
अहिलेसम्म वडा नम्बर ५ र ६ गरि दुई स्थानमा भएको शिविरमा एकसय भन्दा बढीको आँखा चेक जाँच गरिएको दृष्टि आँखा केन्द्र कलंकीका दृष्टि विशषेज्ञ डाक्टर राजेश कुमार चौरासियाले जानकारी दिए । आँखा चेक जाँच गर्दा २२ जना मोतियाबिन्दुका विरामी फेला परेका छन् भने आँखा पाक्ने रोगका १० जना विरामी भेटिएका छन् ।
त्यस्तै सुगरका कारण आँखामा असर परेका विरामीहरु तथा जलविन्दुको विरामी समेत फेला परेका छन् । यस्तै छड्के आँखाका २ जना विरामी फेला परेको दृष्टि विशशेष डाक्टर चौरासियाले जानकारी दिए ।
पालिकामा भेटिएका सबै मोतियाबिन्दुका विरामीहरुलाई एकमुष्ट रुपमा दृष्टि आँखा केन्द्र कलंकीमा लगेर अप्रेसनको व्यवस्था मिलाइदिने समाजसेवी सुदिप घिमिरेले जानकारी दिए । दृष्टि आँखा केन्द्र कलंकीमा मोतियाबिन्दुको अप्रेसनको खर्च विरामी स्वयमले व्यहोर्नु पर्ने तथा यातायात र खानेवस्नेको व्यवस्था आफुले गर्ने प्रबन्ध मिलाएको घिमिरेले विदुर खबरलाई जानकारी दिए ।
घिमिरेकै व्यक्तिगत सहयोगमा तारकेश्वर गाउँपालिकाको वडा नम्बर ४ को नेवारपानीमा साउन १२ गते शुक्रवार, बुधसिंहघाटमा १३ गते, वडा नम्बर २ को वडा कार्यालय र ठुलेटारमा १९ र २० गते तथा वडा नम्बर ३ को कार्यालयमा २६ गते र वडा नम्बर १ को कार्यालयमा २७ गते निशुल्क आँखा शिविर हुने बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया