सरकारलाई यस वर्ष पनि खर्च धान्न गाह्रो
नुवाकोट । आर्थिक वर्ष २०७९÷८० भर्खर सकिएको छ । सरकारका निम्ति अत्यन्तै चुनौतीपूर्ण रहेको गएको आर्थिक वर्षमा सरकारले दुईपटकसम्म बजेट संशोधन गर्दा पनि लक्ष्य भेट्टाउन असफल भएको छ ।
गएको आर्थिक वर्षका निम्ति सरकारले १७ खर्ब ८३ अर्ब ७३ करोड ६३ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । त्यसलाई सरकारले दोस्रोपटक बजेट संशोधन गर्दै करिब १६ प्रतिशत कम अर्थात् १५ खर्ब ४ अर्ब ९९ करोड बजेट खर्च गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर, उक्त लक्ष्यभन्दा ७५ अर्ब ४२ करोड रुपियाँ कम खर्च लक्ष्य राखेको थियो । संशोधित लक्ष्यमा पनि सरकारलाई करिब ४ खर्ब रुपियाँ बजेट घाटा भएको छ ।
लक्ष्यअनुसारको राजस्व संकलन र वैदेशिक सहयोग प्राप्त नहुँदा आर्थिक वर्ष २०७९÷८० मा ३ खर्ब ९७ अर्ब ८७ करोड १९ लाख रुपियाँ बजेट घाटा भएको तथ्यांक छ । आर्थिक वर्षको अन्त्यसम्म विनियोजित बजेटको ७९ दशमलव ६९ प्रतिशत अर्थात् १४ खर्ब २९ अर्ब ५६ करोड ४० लाख रुपियाँ बजेट खर्च भएको छ । बजेटलाई संशोधन गर्दै कम खर्च गर्ने लक्ष्य राख्दा पनि सरकारलाई ठूलो बजेट घाटा भएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार गएको आर्थिक वर्षमा सरकारलाई लक्ष्यको ७० दशमलव ७३ प्रतिशत अर्थात् १० खर्ब ३१ अर्ब ६९ लाख २१ लाख रुपियाँ मात्रै कुल आम्दानी भएको छ । गएको आर्थिक वर्षमा सरकारले कुल १४ खर्ब ५८ अर्ब ६० करोड ५३ लाख रुपियाँ बराबरको आम्दानी गर्ने लक्ष्य राखेको थियो । सो अवधिमा १४ खर्ब ३ अर्ब १४ करोड ७० लाख रुपियाँ राजस्व संकलन गर्ने सरकारले लक्ष्य लिएकोमा ६८ दशमलव २१ प्रतिशत अर्थात् ९ खर्ब ५७ अर्ब १५ करोड ४१ लाख रुपियाँ मात्रै संकलन भएको छ ।
त्यस्तै वैदेशिक सहयतातर्फ उक्त लक्ष्यको ३८ दशमलव ४ प्रतिशत अर्थात् २१ अर्ब २९ करोड ७५ लाख रुपियाँ मात्रै सरकारलाई प्राप्त भएको छ । सरकारले ५५ अर्ब २४ करोड ८३ लाख रुपियाँ वैदेशिक सहयता प्राप्त हुने लक्ष्य राखेको थियो । त्यस्तै अन्य सहायतामा सरकारलाई ५३ अर्ब २४ करोड ५ लाख रुपियाँ प्राप्त भएको छ । गएको आर्थिक वर्षमा सरकारले चालू खर्चतर्फ ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख बजेट विनियोजन गरेकोमा १० खर्ब ५ अर्ब ७५ करोड ९४ लाख रुपियाँ अर्थात् ८५ प्रतिशत मात्रै खर्च गरेको छ ।
त्यस्तै, पुँजीगत खर्चतर्फ ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रुपियाँ बजेट विनियोजन भएकोमा जम्मा २ खर्ब ३३ अर्ब ६९ करोड ५९ लाख अर्थात् ६१ दशमलव ४४ प्रतिशत खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २१ करोड ७७ लाखमध्ये १ खर्ब ९० अर्ब १० करोड ८७ लाख रुपियाँँ अर्थात् ८२ दशमलव ५८ प्रतिशत खर्च भएको छ ।
गएको आर्थिक वर्षको तथ्यांकले चालू आर्थिक वर्षका निम्ति पनि बाटो सहज नभएको संकेत गर्दछ । ठूलो परिमाणमा अघिल्लो आर्थिक वर्षको दायित्व भुक्तानी गर्नुपर्ने सरकारलाई दबाब रहेको छ भने जनअपेक्षा र विकासको आवश्यकता बढ्दो छ । तर, सरकारको मूल स्रोत राजस्व संकुचित हुँदै गएको छ ।
आयातमुखी अर्थतन्त्रमा राजस्वको स्रोत आयातमा निर्भर रहेको छ । तर, मूल्यवृद्धिका कारण सहज आयातको अवस्था नहुँदा सरकारलाई थप दबाब सिर्जना भएको छ । कुल राजस्व आम्दानीले सरकारलाई चालू खर्च धान्नसमेत धौं–धौं भएको स्थितिमा सरकारले राजस्वको दायरालाई फराकिलो बनाउँदै चालू खर्चमा कैँची लगाउनुपर्ने आवश्यकता छ ।
तथापि, यसले सरकारको लोकप्रियतालाई घटाउने भएकाले यो जोखिम मोल्न कोही तयार देखिँदैनन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया