प्रधानमन्त्री पत्नी सीता दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टि
विदुर खबर
२०८० असार २७ गते १८:१९
नुवाकोट । प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
सीतालाई प्रचण्ड र छोरीहरू रेणु र गंगाले दागबत्ती दिएका हुन् । अन्त्येष्टि गरिनुअघि सीतालाई नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । दाहाल परिवारकासाथै अन्य राजनीतिक दलका नेताहरू तथा शुभचिन्तकहरुले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
मन्त्रिपरिषदको बैठककाे निर्णय अनुसार प्रधानमन्त्री पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।दाहालको नर्भिक अस्पतालमा बुधबार बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया