लम्पी स्किनका कारण साढे ३ महिनामा २५ हजार पशुको मृत्यु
नुवाकोट ।लम्पी स्किन रोगको संक्रमणका कारण साढे तीन महिनामा २५ हजार भन्दा बढी पशुको मृत्यु भएको छ ।
२०७९ चैतमा देखिएको उक्त संक्रमण असार दोस्रो सातासम्म ७६ जिल्लामा फैलिएको छ । संक्रमणले २५ हजार ४०८ पशुको मृत्यु भएको मन्त्रालयले कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
हालसम्म ६ लाख ८२ हजार ८० पशुपंछी संक्रमित भएकामा ४ लाख ९ हजार १७५ पशु निको भएको र अझै २ लाख ४७ हजार ४९७ पशुमा संक्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो केही दिनदेखि संक्रमणदर केही घट्दै गएको पनि मन्त्रालको भनाइ छ ।
रोगको संक्रमणबाट पशुपंछी जोगाउन पशु सेवा विभाग मातहतका निकाय, प्रदेश र स्थानीय सरकारले सबै खाले प्रयास गरेको सरकारको दाबी छ । रोगको संक्रमण नियन्त्रणका लागि सातै वटा प्रदेशमा वितरणका लागि ७ लाख ३७ हजार डोज खोप वितरण भएको र एक लाख ७२ हजार १२८ पशुमा खोप कार्य सम्पन्न भएको पनि सरकारी दाबी छ ।
रोग नियन्त्रणका लागि पशु चिकित्सक परिचालनका लागि १६१ स्थानीय तहमा भेटेरिनरी डाक्टर र सवै स्थानीय तहमा प्राविधिकहरुको व्यवस्थापनका लागि बजेट व्यवस्थापन गरिएको पनि मन्त्रालयले जनाएको छ ।
रोगको संक्रमणका कारण बाच्छाबाच्छी, दुहुनो र सुत्केरी अवस्थाका पशुहरुलाई धेरै असर गरेको देखिएको भन्दै मन्त्रालयले त्यस्ता पशुको सुरक्षामा सतर्कता अपनाउन किसानहरुको ध्यानाकर्षण गराएको छ ।
लम्पी स्किन रोग पहिलो पटक सन् १९२९ मा अफ्रिकी मुलुक जाम्बियामा देखिएको थियो । त्यसपछि यो रोग अन्य देशमा विस्तार भएको थियो । पशु सेवा विभागका अनुसार नेपालको मोरङ जिल्लामा २०७७ सालको साउन २२ गते पहिलो पटक लम्पी स्किन रोग पुष्टि भएको थियो । अहिले यो रोगले महामारीको रूप लिएको छ ।
गाईभैंसीमा लाग्ने लामखुट्टे, किर्ना, झिंगा लगायतको टोकाइबाट र पशु उपचार गर्ने क्रममा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्ने पशु चिकित्सकहरु बताउँछन् ।
लम्पी स्किन रोगबाट सङ्क्रमित गाईभैंसीको दूध घट्ने, छालामा साह्रा गाँठागुठी देखिने, नाक र मुखमा घाउ आउने, उच्च ज्वरो आउने तथा आँखा र नाकबाट तरल पदार्थ बगिरहने गर्दछ । समयमै उपचार नपाए पशुहरूको मृत्यु हुन्छ ।
लम्पी स्किन पशुबाट मान्छेमा सरेको पुष्टि अहिलेसम्म भएको छैन । सन् २०१७ मा प्रकाशित एफएओको प्रतिवेदनमा लम्पी स्किन रोग (जुनोटिक डिजिज) नभएको उल्लेख गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया