प्रधानमन्त्रि प्रचण्ड आज नुवाकोट आउँदै

विदुर खबर २०८० जेठ २७ गते ७:११

नुवाकोट । प्रधानमन्ती एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज नुवाकोट आउने भएका छन् ।

Advertisement

पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ लाकुरीभन्ज्याङमा रहेको गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनको लागि प्रधानमन्त्री प्रचण्ड नुवाकोट आउन लागेको संघीय सांसद एवं पूर्वमन्त्री हितबहादुर तामाङले जानकारी दिए ।

प्रचण्डले प्रधानमन्त्रीको हैसियतमा पहिलोचोटि पञ्चकन्याको भूमि टेक्न लागेका हु्न । उनी यसअघि २०७६ माघ २५ गते शनिबार पञ्चकन्या गाउँपालिकाले आयोजना गरेको अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिता उद्घाटनको लागि पञ्चकन्यामा आएका थिए ।

Advertisement

पन्चकन्या गाउँपालिकाको नवनिर्मित भवनमा बैठक कक्षसहित २७ वटा कोठा छन् ।

प्रतिक्रिया