आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट

विदुर खबर २०७९ फागुन २८ गते १०:२०

नुवाकोट । आइतबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।

Advertisement

लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा लघुवित्तको आईपीओ बाँडफाँट भएको हो।

लघुवित्तले सर्वसाधारणका लागि फागुन ११ गतेदेखि १५ गतेसम्म प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ६९ हजार ७६५ कित्ता साधारण शेयर निष्काशन गरेको थियो।

Advertisement

सो शेयरमा कुल १५ लाख ३८ हजार ४६६ जनाले आवेदन दिएका थिए। जसमध्ये १५ लाख ३६ हजार २६३ आवेदन स्वीकृत भएको छ भने २ हजार २०३ आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमद्वारा न्यूनतम १० कित्ताका दरले लघुवित्तको आईपीओ बाँडफाँट गरिएको हो।

Advertisement

जस अनुसार १६ हजार ९७६ जनाले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन्। जसमध्ये भाग्यमानी ५ जनाले भने लघुवित्तको थप १ कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।

प्रतिक्रिया