होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा नेपाल सर्वसम्मत
नुवाकोट । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको अध्यक्षमा दामोदर नेपाल सर्वसम्मत निर्वाचित भएका छन् ।
बुधबार चित्लाङमा सम्पन्न संघको दोस्रो अधिवेशनले नेपाललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । नवनिर्वाचित अध्यक्ष नेपाल यसअघि संघको महासचिव थिए । यस्तै संघको वरिष्ठ उपाध्यक्षमा श्यामकुमार (भालु) श्रेष्ठ निर्वाचित भएका छन् भने प्रथम उपाध्यक्ष र दितृय उपाध्यक्षमा निपु सराप र राजकुमार श्रेष्ठ चयन भएका छन् ।
संघको महासचिवमा भने राजकुमार प्याकुरेल चयन भएको निर्वाचन समितिले जनाएको छ । यस्तै, सचिवमा राजेन्द्र कुमार तिया, सहसचिव– हरिगोपाल सापकोटा, कोषाध्यक्षमा शेखरमान श्रेष्ठ र सहकोषाध्यक्षमा विनोद लामिछाने चयन भएका छन् ।
अन्य सदस्यहरुमा रामशरण नेपाल, अमृत बहादुर श्रेष्ठ, होम बहादुर श्रेष्ठ, सुनिल अर्याल, ललितजंग सिंह, सन्तोष घले, नमराज मरठ्ठा, कल्पना पौडेल, सुदिप देवकोटा र राजन भट्ट चयन भएका छन् । सबै केन्द्रिय पदाधिकारीसहित कार्यसमिति सदस्य सर्वसम्मत चयन गरिएको हो ।
विधानत संघको केन्द्रिय कार्यसमिति सदस्य २१ रहनेछ । जसमध्ये निर्वाचित कार्यसमितिले तीन जना सदस्य मनोनित गरिनेमा तत्काल दुई जनालाई मनोनित गरिएको र १ जना मनोनित गर्न बाँकी नै राखिएको अध्यक्ष नेपालले जानकारी दिए ।
नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना
हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न





प्रतिक्रिया