नुवाकोटमा ७३ औँ प्रजातन्त्र दिवस मनाइयो
विदुर खबर
२०७९ फागुन ७ गते १२:५६

नुवाकोट । ७३ औ रााष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
२००७ साल फागुन ७ गते १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भएपछि नेपाली जनता रैतीबाट नागरिक बनेको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष आजको दिन प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।
दिवसको अवसर पारेर जिल्ला मुल समारोह समितिको आयोजनामा प्रभातफेरीको आयोजना गरिएको थियो । नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारबाट शुरु भएको प्रभातफेरी लोकतान्त्रिक चौतारो विदुर पुगेर सभामा परिणत भएको थियो ।
प्रभातफेरी विभिन्न राजनितिक दलका प्रतिनिधि, नागरिक समाज तथा विभिन्न सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित
प्रतिक्रिया