मदानपुरका सिलवालद्धारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

विदुर खबर २०७९ पुष १८ गते २२:०२

Advertisement

नुवाकोट । नुवाकोटको साविक मदानपुर गाविस घर भई हाल काठमाण्डौ वस्दै आएका ७५ वर्षिय ईश्वर सिववालले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् ।

सिलवालले आफ्नो व्यक्तिगत खर्चमा नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ५ मा रहेको कालिका देवि आधारभुत विद्यालयका ५७ जना बालबालिकाहरुलाइ न्यानो कपडा वितरण गरेका हुन् । उनले विद्यार्थीहरुलाई न्यानो कपडा, टोपी, जुत्ता मोजा उपलब्ध गराएका हुन् ।

Advertisement

यस्तै उनले लिखु गाउँपालिका वडा नम्बर ४ मा रहेका ११ जना अशत्त तथा आथिक अवस्था कमजोर भएका व्यक्तिहरुको घरमा पुगेर समेत न्यानो कपडा वितरण गरेको स्थानिय रामचन्द््र अगस्तीले जानकारी दिए ।

सिलवालले आफ्ना छोराहरुले विदेबाट पठाएको पैसा र सामाजिक सुरक्षा भत्ताको रकम जोगाएर बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको बताए ।

Advertisement

यसअघि उनले जिल्लाको पन्चकन्या गाउँपालिका वडा नम्बर २ मा रहेको गुरुकुल र लिखु गाउँपालिका वडा नम्बर ६ को विभिन्न स्थानमा खाद्यान्न वितरण गरेका थिए ।

न्यानो कपडा वितरण कार्यक्रममा सिलवालकी छोरी ईश्वरी पन्त, जिल्ला समन्वय समिति नुवाकोटकी सदस्य सम्झना सेढाई, स्थानिय समाजसेवी राजन पौडेल, समाजेसवी रामचन्द्र अगस्ती तथा विद्यालयल व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया