रसुवामा मतगणनास्थल तयार
रसुवा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना गर्न रसुवामा मतगणनास्थल तयार पारिएको छ ।
जिल्ला समन्वय समितिको कार्यालयमा मतगणनाका लागि मतगणनास्थल तयार पारिएको हो । मतगणना स्थलमा तारजाली लगाएर व्यवस्थित गरिएको छ । स्थानिय तह निर्वाचनको मतगणना पनि उक्त स्थानमा गरिएको थियो । सोही समयमा राखिएको तारजालीलाई अहिले प्रयोग गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बताएको छ ।
मतगणनास्थलमा सीसी क्यामेरा जडान गरिएको छ । सुरक्षाका लागि आवश्यक मात्रामा सामग्री र सुरक्षा व्यवस्था मिलाइएको छ । उम्मेदवार र दलका प्रतिनिधि बस्ने ठाउँ, सूचना कक्ष समेत निर्माण गरिएको छ ।
हिमाली जिल्ला रसुवामा मतगणनास्थलमा जाडो हुने भएकाले हिटरको समेत व्यवस्था गरिएको छ । मतगणनास्थलमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभाको मतगणना गरिनेछ ।
मतगणनास्थलमा सीसी क्यामेरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलले बताए । मतगणनास्थल शनिबार सम्पूर्ण तयारी गरिएको उनले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया