मेरो प्रतिस्पर्धी नै छैनन् : शुशिल खड्का
नुवाकोट । समाजसेवा र व्यवसायबाट राजनीतिमा होमिएका छन् शुशिल खड्का ।
सधैं सामाजसेवा र सहयोग कर्ममा जुट्ने खड्का अहिले चुनावी मौदानमा देखिइरहेका छन् । उनी नुवाकोट क्षेत्र नम्बर १ बाट प्रदेशसभा १ का उम्मेदवारको रुपमा चुनावी मैदानमा छन् ।
उनी नेकपा एमाले पार्टीको तर्फबाट मतदाताको घरघरमा पुगिरहेका छन् । मतदाताले जनताका खातिर काम गर्न सक्ने नयाँ अनुहार खोजेकाले आफू उम्मेद्वार बनेको उनको भनाइ छ । ‘काम नगर्ने, सधैं जनतालाई झुक्याएर भोट मात्रै माग्न पुग्ने राजनीतिक दलका नेताबाट जनता फ्रस्टेड भइसकेका छन् । जनताले पुराना काम नगर्ने नेताको विकल्प खोजिरहेका छन् । उनी भन्छन्, ‘मेरो उम्मेद्वारी जनताको इच्छा आकांक्षा अनुसार नै हो ।’
सामाजसेवाको माध्यमबाट पनि आफूले समाजका खातिर काम गरेको बताउँदै अबका दिनमा प्रत्यक्ष रुपमा समाज र जनतासँग आवद्ध भएर काम गर्ने उनी बताउँछन् । समाज तथा देशको नेतृत्वमा गलत र जनताको पक्षमा काम नगर्ने नेता तथा सांसद पुग्दा जनताले दुःख पाएको उनको भनाइ छ ।
उनी राजनीतिक दलले मुलुकमा निम्त्याएको विकृति–विसंगति कुशासन र भ्र्रष्टाचारका कारण जनताले आधारभूत आवश्यकताबाट बञ्चित हुनु परेको भन्दै मत मागिरहेका छन् । ‘प्रत्यक्ष राजनीतिमा आएर जनताका आवाज बुलन्द गर्नका लागि मेरो उम्मेद्वारी हो’ खड्काले विदुर खबरसँग भने ।
आफ्नो उम्मेद्वारीप्रति मतदाता सकरात्मक रहेको र मत दिने वाचा गरेको बताउँदै उनी आफ्नो जित सुनिश्चित रहेको जिकिर गर्छन् । ‘घरदैलोमा जाँदा मतदाताले सकारात्मक प्रतिक्रियाका साथै तपाईं जस्तो मान्छे चाहिन्छ भनिरहेका छन् । खड्का भन्छन्, ‘मतदाताको आश्वासन र तपाईं जस्तो मान्छे चाहिन्छ भन्दै उत्साह व्यक्त गरेको देख्दा मेरो जित शतप्रतिशत छ ।’
जनताको आश्वासन नै सबैभन्दा महत्वपूर्ण कुरा भएको भन्दै उनी आफू मतदाताको आश्वासनप्रति ढुक्क भएको बताउँछन् । ‘जनताले दिएको आश्वासनलाई आधार मान्ने हो भने म प्रदेशसभामा पुग्छु । मेरो प्रतिद्वन्द्वी नै छैनन्,’ उनी भन्छन् ।
खड्काले मतदाताले पुराना नेता तथा सांसद परीक्षण भइसकेका र उनीहरु जनता, समाज तथा देशका पक्षमा काम गर्न पूर्ण रुपमा असफल भइसकेकाले राजनीतिमा नयाँ अनुहारलाई अवसर दिन आग्रह गरिरहेका छन् ।
‘पहिले समाजसेवामा हेर्नु भयो अब राजनीतिमा हेर्नुहुने छ । काम गर्न सक्ने र प्रदेश सभामा तपाईंहरुका आवाज बोल्न सक्ने उम्मेद्वारलाई मत दिनुस्,’ भन्दै उनी घरदैलो गरिरहेका छन् ।
विगत दुई तीन वर्षदेखि आफू समाजसँग निकट रहेर आफ्नो क्षेत्रका जनतासँग काम गर्दै आएको उनको जिकिर छ ।
नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा खड्कासहित ७ जना उम्मेद्वार चुनावी दौडमा छन् ।
खड्का एमाले नेतृत्वको गठबन्धनका साझा उम्मेद्धवार हुन् भने लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी राधिका तामाङ, रााष्ट्रिय प्रजातन्त्र पार्टीका रामु पण्डित, नेमकिपाका काशिलाल डंगोल, मंगोल नेशनल अर्गनाइजेशनका कर्मा तामाङ र नेकपा एकीकृतका राजेश थापा लगायत उम्मेदवार छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया