छठ पर्वको चहलपहल शुरु
नुवाकोट । तराई मधेसमा छठ पर्वको तयारी र चहलपहल शुरु भएको छ। दशै र तिहारको रौनक सकिए सँगै नेपालीहरूको घर दैलाेमा छठ पर्वको रौनकले ढकढक्याउने गर्दछ।
दिपावली सकिए लगत्तै चार दिनपछि नै छठ शुरु हुने हुँदा बजारमा छठ पूजाका लागि चाहिने पुजन सामाग्री, बस्त्र, फलफुल, तेल, मशाला जस्ता खाद्यान्नहरुको पसलमा अहिलेदेखि नै ग्राहकहरुको भिडभाड देखिन थालेको छ ।
कार्तिक महिनाको शूक्ल पक्षको चौथी तिथीका दिनबाट विधिवत रुपमा शुरु हुने छठ पर्व सप्तमी तिथीका दिन बिहानसम्म गरि चार दिन मनाइन्छ।
तराई मधेसमा बस्ने भोजपुरी र मैथिली भाषि हिन्दूको प्रमुख पर्व नै छठ पूजा हो। यसपालि छठ पूजा कात्तिक १३ गते परेको छ। तर विधिवित रुपमा भने शुक्रबारदेखि नै छठ पर्व शुरु हुनेछ। दिपावलीसँगै तराई मधेसमा छठ पूजाको लागि चाहिने पूजन तथा प्रसाद सामाग्री, भाडाँवर्तन कपडाको किनमेल शुरु भइसकेको छ।
यस्तै नदी , तलाउ , पोखरी लगायतका जलाशय छेउमा छठी माताको मुख्य पूजा आराधना गरिने भएकाले ती स्थानहरुको सरसफाइ र सजावटको काम पनि अहिले जोडतोडका साथ भइरहेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया