कांग्रेसको ‘गुण्डा नाईके’ राधे भण्डारी पक्राउ
विदुर खबर
२०७९ कार्तिक २ गते ८:२७

नुवाकोट । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ बिच बजारमा तरबार प्रहारबाट एक युवा घाइते भएका छन् ।
बाटोमा बाइकमा हिँडेका नीलकण्ठ नगरपालिका-४ का २५ वर्षीय भीम गुरुङ घाइते भएका हुन् ।
घाइते गुरुङको धादिङ अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्याम खत्रीले जानकारी दिनुभयो ।
घटनामा संलग्न भएको आरोपमा नीलकण्ठ नगरपालिका ३ का राधे भनिने राधाकृष्ण भण्डारी लाई प्रहरीले गिरफ्तार गरेको छ ।
खुकुरी प्रहारबाट गुरुङको दायाँ हातमा गम्भीर चोट लागेको छ ।
घटनामा संलग्न भण्डारी नेपाली कांग्रेस कार्यकर्ता हुन ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया