काठमाडौं–मुग्लिन सडक अब त्रिशूलीपारि पनि २ लेन बनाइने, विश्व बैंकको सहयोगमा डिटेल डिजाइन प्रतिवेदन तयार

काठमाडौं भदौ २२ ,सरकारले नागढुंगा–मुग्लिन (पृथ्वी राजमार्ग) सडकलाई ४ लेनमा विस्तार गर्न त्रिशूली नदीपारि दुई लेनको सडक निर्माण गर्ने भएको छ । सवारी चाप धान्न सक्ने गरी सडक विभागले ४ लेनमा विस्तार गर्न लागेको हो । हाल दैनिक १८ हजारसम्म गाडी गुड्ने यो सडकमा सन् २०२२ सम्ममा २५ हजार गाडी गुड्ने अनुमान छ ।
‘पृथ्वी राजमार्गमा बढ्दो सवारी चाप धान्न सो सडकलाई ४ लेनको नबनाई हुँदैन,’ सडक विभागका उपमहानिर्देशक सञ्जय श्रेष्ठले भने, ‘सडक मर्मत गरेर सवारीको गति प्रतिघन्टा १५ किलोमिटरसम्म मात्र पुराउन सकिने देखियो ।’ उद्गमबाट आएको समयभन्दा बढी समय सवारीसाधन मुग्लिन–नागढुंगाको जाममा पर्ने गरेकाले यो सडक ४ लेनमा विस्तार गर्नुको विकल्प नरहेको उनले बताए ।
श्रेष्ठका अनुसार सडक विभागले त्रिशूली नदीको पारि किनारबाट हाल दुई खण्डमा गरी २६ किलोमिटर सडक विस्तार गर्न लागेको छ । यसअन्तर्गत तत्काल सिस्नेखोला–धार्के ११ किलोमिटर र विशालटार–फिस्लिङ १५ किलोमिटर सडक निर्माण गर्ने योजना अघि बढाएको छ । ‘भविष्यमा ४ लेनमा विस्तार गर्न त्रिशूलीपारि किनारैकिनार नौबिसेदेखि मुग्लिनसम्म नै सडक विस्तार गर्ने अवधारणा छ,’ श्रेष्ठले भने ।
यो सडक निर्माणका लागि सडक विभागले विश्व बैंकको सहयोगमा डिटेल डिजाइन प्रतिवेदन तयार पारिसकेको छ । त्रिशूलीपारिबाट दुई खण्डमा विस्तार हुने सडक निर्माण गर्दा सकेसम्म कम पहाड भत्काउने र सम्भव भएका ठाउँमा तलबाट पर्खाल उठाएर सडक निर्माण गर्ने प्रविधि अपनाइने भएको छ ।
हाल सञ्चालनमा रहेको त्रिशूलीवारिको सडकलाई समेत विस्तार, मर्मत र सडक सुरक्षा वृद्धि गर्ने योजनाको डिजाइन तयार पारिएको छ । यसअनुसार हाल चलिरहेको सडकका ३१ ठाउँमा ‘क्लाइम्बिङ लेन’ विस्तार गर्ने, बाक्लो वस्ती भएका करिब १५ ठाउँमा आकासे पुल निर्माण, सडक किनारमा नाला निर्माण र वस्ती भएका ठाउँमा ४ लेनमा विस्तार गरिने डिजाइन छ । त्यस्तै, केही ठाउँमा सवारीसाधन (बस÷ट्रक)राख्न मिल्ने बिसौनीसमेत निर्माण गरिने डिजाइन छ । नयाँ पत्रिका दैनिकबाट ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटको म्यागङमा गोली प्रहार दुई दाजुभाईको हत्या
प्रगतिशिल माविमा शत प्रतिशत विद्यार्थी उर्तिण
नुवाकाेटको पृथ्वी माविका ९ विद्यार्थीले ल्याए ४ जीपीए
धादिङको बैरेनीमा दुई बस ठोक्किए, १२ जना घाइते
काठमाडौं-केरुङ रेलमार्ग सरकारको प्राथमिकतामा





प्रतिक्रिया