नुवाकोटमा सत्ता गठबन्धनभित्र भाँडभैलो,समाजवादी वाहिँरिदै
नुवाकोट। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर नेकपा एकीकृत समाजवादीले पाएको टिकट खोसेपछि नुवाकोटमा सत्ता गठबन्धनका दलबीच किचलो बढेको छ।
गठबन्धनबीच भागबण्डामा समाजवादीले प्रदेशसभाका चार सिटमध्ये एउटा प्रदेशसभा पाउने सहमति केन्द्रमा भएको थियो। तर, उम्मेदवारी मनोनयनका क्रममा कांग्रेस र माओवादीले माथिको सहमति लत्याउँदै उम्मेदवारी दर्ता गराएपछि विवाद बढेको हो।
तीन दलबीचको समझदारीअनुसार नुवाकोट–२ (क) समाजवादीको भागमा परेको थियो। समाजवादीले पूर्वसांसद राजेन्द्रप्रकाश लोहनीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। कांग्रेस–माओवादीले केन्द्रको निर्णय उल्ट्याएको भन्दै समाजवादीबाट लोहनीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। कांग्रेस र माओवादीको सहमतिअनुसार जिल्ला विकास समितिका पञ्चायतकालीन उपसभापति रामप्रसाद ढुंगानाले सोही क्षेत्रमा उम्मेदवारी दिएपछि गठबन्धनमा संकट उत्पन्न भएको छ।
उम्मेदवारी मनोनयनको केही घण्टाअघि मात्र आइतबार कांग्रेस र माओवादीले प्रदेश सभामा पहिला पाएका क्षेत्र परिवर्तन गरी समाजवादीको टिकट खोसेका हुन्। प्रतिनिधि सभाको नुवाकोट–२ मा कांग्रेस तथा प्रदेश सभाको (क) मा समाजवादी र (ख) मा माओवादी केन्द्रले लिने सहमति शीर्ष नेतृत्व र सिट बाँडफाँट कार्यदलमा भएको थियो। प्रतिनिधि सभामा कांग्रेस नेता अर्जुननरसिंह केसीले उम्मेदवारी दिएका छन्।
प्रदेश (क) मा समाजवादीबाट लोहनी र (ख) मा माओवादीबाट राममाया बोगटीले टिकट पाइसकेका थिए। अन्तिम समयमा आएर दुई दलले प्रदेश सभाको क्षेत्र साटफेर गरी आफ्नो दललाई प्रतिनिधि सभा र प्रदेश सभाका ६ वटै क्षेत्रमा प्रतिनिधित्वविहीन बनाउन खोजेको भन्दै समाजवादीले गठबन्धन तोडेने चेतावनी दिएको छ।
समाजवादीको भागमा परेको प्रदेश (क) मा माओवादीबाट ढुंगाना र माओवादीले पाउने भनिएको प्रदेश (ख) मा कांग्रेसका निवर्तमान सांसद बहादुरसिंह लामा तामाङले उम्मेदवारी दिएका छन्। समाजवादीका जिल्ला इन्चार्जसमेत रहेका लोहनीले आफूहरु गठबन्धनमा बस्नुको औचित्य नभएको बताए। माओवादीले उम्मेदवारी फिर्ता नलिए गठबन्धन तोड्नेबारे शीर्ष नेतृत्वसँग कुराकानी गरिरहेको उनले बताए।
‘हामीले केही नपाउने, कांग्रेस र माओवादीलाई जिताइदिनुपर्ने हो भने गठबन्धनमा रहनुको अर्थ नै के रह्यो र?’ उनले भने।
उता आफूले पाएको टिकट खोसिएपछि माओवादी नेता राममाया बोगटीले नुवाकोट–२ को (ख) मा बागी उम्मेदवारी दिएकी छन्। उनी माओवादीका दिवंगत नेता पोष्टबहादुर बोगटीकी पत्नी हुन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कांग्रेसमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने ५० प्रतिशत पनि पुगेनन्
सुन्धारा कारागारबाट फरार कैदी धादिङका गुरुङ समातिए
आजको मौसम : हल्का वर्षाको सम्भावना
संखुवासभामा पुस्तकालय स्थापना





प्रतिक्रिया