बेलकोटगढी नगरपालिका वडा नम्बर १० मा निशुल्क आँखा शिविर सम्पन्न
नुवाकोट । बेलकोटगढी नगरपालिका वडा नम्बर १० मा सञ्चालन भएको निशुल्क आखा शिबिरमा १ सय ४१ जना नागरिकले सेवा लिएका छन् ।
बेलकोटगढी नगरपालिका वडा नम्बर १० मा आयोजित १ दिने आखा शिबिरको मंगलवार बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङले उद्घाटन गर्दै नगरपालिकाले स्वाथ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले नगरपालिकाका नागरिकहरुको स्वास्थ्य प्रति चिन्तनशील रहेको र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नको लागि प्रयासरत रहेको बताउनुभयो ।
बेलकोटगढी नगरपालिका वडा नंम्बर १० र दृष्ट्रि« आँखा केन्द्र कलंकीको समन्वयमा हरेक महिनाको २८ गते निःशुल्क आँखा उपचार शिविर सञ्चालन गर्ने सहमति भएको छ । सोही सहमति अनुसार निरञ्जना आधारभुत स्वास्थ्य केन्द्रमा पहिलो पटक शिविर आयोजना गरिएको जनाएको छ ।
६१ जना भन्दा धेरैलाई निःशुल्क चस्मा वितरण गरिएको थियो । कार्यक्रमका सभापति वडा नं। १० का वडा अध्यक्ष प्रलादप्रसाद थपलियाले वडावासीको स्वास्थ्य तथा दृष्ट्रि«क्षमता बढाउनका लागि प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्ने क्रममा आँखा शिविर सञ्चालन गरिएको बताउनुभयो । आँखा उपचारसँगै अन्य रोगको उपचार शिविर तथा स्वास्थ्य उपचारसमेत गराउन वडा प्रतिवद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा बेलकोटगढी नगरपालिकाका उपपम्रमुख शिवप्रसाद दाहाल, वडा नम्बर ९ का वडा अध्यक्ष दुर्गाप्रसाद गजुरेल, ११ का वडा अध्यक्ष प्रकाशजंग पाण्डे, ५ नम्बर वडाका वडा अध्यक्ष मदन भुजेल, नेपाली कांग्रेसका राजेन्द्र थपलिया, नेकपा एमालेका जिबराज कडेल, माओवादी केन्द्रका मानबहादुर राना, राप्रपाका राजाराम पाण्डे लगायतले आँखा शिविरको सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












डिएनएको बहानामा भोटेकोसी बाढीपीडितलाई थप पीडा
भोटेकोशी बाढीको ९० दिन : न पुल बन्यो, न विस्थापितको पुनर्वास
सरकारलाई गगनको चेतावनी– पक्राउ गर्ने भए हतकडी लिएर आउनु
नुवाकोट अमेरिका सम्पर्क समितिद्वारा बाढी प्रभावित विद्यार्थीलाई साढे १५ लाख सहयोग
चण्डी माविका १२० विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण





प्रतिक्रिया