कांग्रेस प्रवक्ता डा. महत काठमाडौं ५ बाट चुनाव नलड्ने
नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस भएका छन् । तर उनी आफैं भने यहाँ चुनाव नलड्ने भएका छन् ।
२०७४ को चुनावमा महत काठमाडौं ५ बाट उम्मेदवार बनेका थिए । तर वाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका ईश्वर पोखरेल झण्डै १० हजार मतअन्तरले विजयी भए । पोखरेलले २३ हजार २९ मत ल्याउँदा महतले १३ हजार १६९ मत पाएका थिए ।
यो निर्वाचन क्षेत्रमा ३० वैशाखको स्थानीय निर्वाचनमा वडा तहमा पाएको मतका आधारमा अहिले पनि एमाले पहिलो छ । उसको १९ हजार २२९ मत छ भने कांग्रेसको १४ हजार ५३२ मत छ । २७३९ मतका साथ राप्रपा तेस्रो, १ हजार ५५३ मतका साथ एकीकृत समाजवादी चौथो र १ हजार १३९ मतका साथ माओवादी केन्द्र पाँचौं स्थानमा छ । गठबन्धन गर्दा पनि एमाले अगाडि भएका कारण डा. महतले काठमाडौं ५ मा उठ्ने रुची देखाएका छैनन् ।
त्यही कारण सत्ता गठबन्धनको सिट बाँडफाँटमा पनि कांग्रेसले यो क्षेत्रमा अडान लिएको छैन ।
महत निकट एक नेता भन्छन्, ‘नुवाकोट १ बाट उठ्ने उहाँको तयारी छ, काठमाडौं ५ मा उठ्नुहुन्न ।’ महतको नाम गृहक्षेत्र नुवाकोट १ बाट पनि सिफारिस भएको छ ।
नुवाकोट १ बाट २०७४ मा माओवादी केन्द्रका हितबहादुर तामाङ निर्वाचित भएका थिए । स्थानीय चुनाव २०७९ को मतका आधारमा भने यो क्षेत्रमा माओवादीभन्दा कांग्रेसको मत धेरै छ । वडा तहमा कांग्रेसले २८ हजार ९६२ र माओवादी केन्द्रका उम्मेदवारले २३ हजार २०० मत पाएका छन् । त्यस्तै तेस्रो स्थानमा रहेको एमालेको मत १८ हजार २६७ मत छ ।
गठबन्धन गर्दा सहजै जित्ने देखेर महत कुनै हालतमा नुवाकोट १ नछाड्ने अडानमा छन् । बरु प्रदेश सभाका दुबै क्षेत्र वा नुवाकोट २ माओवादीलाई दिन सकिने महतको तर्क छ । ‘अघिल्लोपटक माओवादीले एक्लैले जितेको होइन, एमालेको पनि मत मिसिएको थियो’ महत निकट एक नेता भन्छन्, ‘माओवादी फेरि जित्न कांग्रेसको मत चाहिन्छ । कांग्रेसकै मतले जित्ने भएपछि नुवाकोट २ मा उठेपनि हुन्छ ।’
नुवाकोट २ मा प्रत्यक्षतर्फ आकांक्षी रहेका नेता अर्जुननरसिंह केसीलाई समानुपातिक निर्वाचन पद्धतितर्फ सिफारिस गरिएको छ । यद्यपि उनले यसमा असहमति जनाएका छन् । नुवाकोट २ मा बहादुरसिंह लामा पनि आकांक्षी छन् । तर संस्थापन समूहका भएकाले उनलाई मनाउन सकिने महत पक्षको तर्क छ ।
काठमाडौं ५ मा भने कांग्रेसले उम्मेदवार भेट्टाएको छैन । यद्यपि पाँच जनाको विषयमा छलफल भइरहेको छ । क्षेत्रीय समितिले सुधा त्रिपाठी, श्याम खड्का, दामोदर खड्का, प्रेमबहादुर खड्का र रमेश खड्काको नाम वैकल्पिकमा राखेर सिफारिस गरेको छ । त्यसमध्ये क्षेत्रीय सभापति श्याम खड्काको सम्भावना बढी छ । ‘प्रकाशशरण दाजु यहाँ उम्मेदवार नहुने भए कांग्रेसबाट क्षेत्रीय सभापति श्याम खड्का उठ्नुहुन्छ’ क्षेत्रीय सचिव रजनी थापाले भनिन् ।
कांग्रेसको क्षेत्रीय समितिले गठबन्धनका अन्य दललाई काठमाडौं ५ छोड्न नसकिने बताएको छ । । गठबन्धनका अरु दलको मत न्यून रहेकाले कांग्रेसले अन्य दलको उम्मेदवारलाई स्विकार्न नसकिने क्षेत्रीय सभापति श्याम खड्काले बताए । ‘अरुको मत खासै छैन । एमालेपछि कांग्रेसको हो । त्यसैले अरुको उम्मेदवार स्वीकार्न सकिँदैन’ खड्काले भने ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
रसुवागढी भन्सारले ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन गर्याे





प्रतिक्रिया