आशा लघुवित्तले ६ करोडको आइपिओ निष्काशन गर्ने
आशा लघुवित्त वित्तीय संस्था लिमीटेडले ६ करोड रुपैयाँ बराबरको आइपिओ निश्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले धितोपत्र बोर्डमा आवेदन गरेको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका ६ लाख कित्ता आइपिओ निष्कासन गर्ने अनुमति माग्दै भदौ १७ गते धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
नुवाकोटको ककनीमा केन्द्रीय कार्यालय रहेको कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।संस्थाले न्यून आय भएका तथा बिपन्न वर्गका महिलाहरुलाई विभिन्न आयआर्जनको व्यवसाय सञ्चालन गर्न उनीहरुको घरदैलोमा लघुवित्त सेवा पुयाउँदै आएको छ ।
राष्ट्रिय स्तरको यो लघुवित्त संस्थाको चुक्ता पुँजी १४ करोड रुपैयाँ छ । संस्थापक ७० प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।लघुवित्तले गत आर्थिक वर्षको चौथौं त्रैमाससम्म एक करोड १० लाख खुद नाफा गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














सिटिजन्स बैंकको नयाँ शाखा बट्टारमा
बागेश्वरी आधारभूत विद्यालयमा न्यानो कपडा र शैक्षिक सामग्री वितरण
तारुकाघाटमा झोलुङ्गे पुलको शिलान्यास, ‘फास्ट ट्र्याक’मा निर्माण सम्पन्न गरिने
बाढीले घाइते बनाएका ढुङ्गानाको नाम बेपत्ता सूचीमा
त्रिशुली बाढीको पीडा समेटिएको ‘आँखामा बसेको मान्छे’ सार्वजनिक





प्रतिक्रिया