नेकपा प्रदेश नं. ३ संसदीय दलको बैठक, पार्टी, सरकार र प्रदेश राजधानीका विषयमा छलफल
 
		
	
हेटौँडा, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं. ३ संसदीय दलको बैठकमा पार्टी, सरकार र प्रदेश राजधानीका विषयमा छलफल भएको छ ।
सो अवसरमा संसदीय दलका नेता तथा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको विकास र समृद्धिका लागि सरकारले दीर्घकालीन योजनाका साथ अघि बढेको उल्लेख गर्दै यसमा सबैको सहकार्य अपरिहार्य रहेकोे बताउनुभयो । प्रदेशसभाबाट अहिलेसम्म १७ वटा विधेयक पास भइसकेको जानकारी दिदैं उहाँले कानून निर्माणलाई सरकारले तीव्रता दिएको हुँदा अहिले देखिएको अन्योलता बिस्तारै हट्ने बताउनुभयो ।
मुख्यमन्त्री पौडेलले सरकारको कामकारवाही सन्तोषजनक रहेको पनि बताउनुभयो । बैठकमा अधिकांश प्रदेशसभा सदस्यले राजधानी अस्थायी हुँदा मानसिकता नै अस्थायी हुने भएकाले स्थायी राजधानी छिटो तोक्न सरकारलाई आग्रह गर्नुभयो । यसरी आग्रह गर्नेमा प्रदेशसभा सदस्य प्रदीप कटुवाल, केशवराज पाण्डे र बेलिमाया घले हुनुहुन्छ । मन्त्रिपरिषद्को बैठकबाट दिएका सैद्धान्तिक सहमतिको विषय र प्रदेशसभाबाट पारित भएका विधेयकका विषयमा बैठकमा छलफल भएको थियो । त्यस्तै बैठकमा संसदीय समिति, पार्टी र सरकारका कामकारवाहीका विषयमा पनि छलफल भएको प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले जानकारी दिनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए





प्रतिक्रिया