नुवाकाेटकाे बट्टारमा दिउँसै सुनका गहना लुटपाट

विदुर खबर २०८३ भदौ १४ गते १३:१७

नुवाकाेट । विदुर नगरपालिका–४, बट्टारस्थित फिल्म हल पछाडिको बस्तीमा दिउँसै दिउँसै दिउँसोको समयमा एक घरमा छिरेर अशक्त वृद्ध दम्पतीमाथि लुटपाट भएको छ।

Advertisement

प्राप्त विवरणअनुसार, फिल्म हल पछाडि रहेका स्थानीय बाबुराम अधिकारीको घरमा प्रवेश गरी अज्ञात समूहले उनीहरूले लगाएका गहना लुटेर फरार भएका छन्।

चोरहरूले अधिकारीले लगाएको सुनको सिक्री र उनकी पत्नीको कानमा लगाएको सुनको टप फुकालेर लगेका हुन्।

Advertisement

घरमा एक्लै रहेका र हिँडडुल गर्न कठिन हुने ज्येष्ठ नागरिकलाई निशाना बनाएर दिउँसै यस्तो आपराधिक घटना घटाइएपछि बट्टार आसपासका स्थानियहरु आक्रोशित बनेका छन्। बाक्लो बस्ती र चहलपहल भइरहने फिल्म हल पछाडिको गल्लीमा दिउँसै यस्तो घटना हुनुले सुरक्षा चुनौती थपेको स्थानीयले बताएका छन् ।

प्रहरीका अनुसार चाेरी गर्न दुइजना उनकाे घरमा अाएका थिए । हुलियाका अाधारमा उनीहरुकाे खाेजी शुरु गरिएकाे अस्थाइ प्रहरी पाेष्ट वसपार्कका इन्चार्ज रामप्रवेश महताेले बताए ।

Advertisement

प्रहरीले बट्टार क्षेत्रका बासिन्दालाई दिउँसोको समयमा पनि घरका ढोका तथा मूल गेट बन्द राख्न र छिमेकमा सतर्कता बढाउन आग्रह गरेकाे छ ।

प्रतिक्रिया