तीजको रौनकतासँगै सुन किन्नेको भिडभाड बढ्यो
नुवाकोट । नेपाली हिन्दु महिलाहरुको चाड तीज नजिकिँदै गर्दा नेपाली सुन बजारमा रौनकता छाएको छ ।
कोरोना महामारीका कारण थलिएको सुनचाँदी बजार बिस्तारै उठ्न थालेकाे छ । महिलाहरु सुनचाँदीका गरगहना बनाउन सुन पसलमा व्यस्त देखिन्छन् र सुनचाँदी पसलमा सुन किन्नेको भिडभाड हुन लागेको छ ।
साउन महिनामा पनि नेपाली महिलाहरुको आकर्षण सुनतर्फ रहँदा सुनचाँदीको राम्रो कारोबार भएको सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले बताए ।
यस्तै, नेपाल रत्न तथा आभूषण संघका महासचिव किसन सुनारले पनि साउनमा सुनचाँदीको व्यापार सन्तोषजनक रहेको बताए । “तीज नजिक आएकाले पनि साउनको अन्तिममा ठिकै व्यापार भएको छ, भदौमा राम्रो हुनु स्वाभाविकै हो,” उनी भन्छन् । कोभिड पछिको नेपाली सुन बजार सुधारोन्मुख रहेको पनि उनले बताए।
सुनचाँदीको मूल्य घटेमा तीजमा व्यापार बढ्नेमा सुनचाँदी व्यवासायीहरु आशावादी छन् । “तर व्यापार बढ्ने अपेक्षा गरेपनि त्योसँगै कच्चा पदार्थको भने कमी आउन सक्छ,” उनी थप्छन् ।
चाडपर्व भित्रिएसँगै बजारमा सुनको माग बढेको छ । तर व्यवसायीलाई भने ग्राहकहरुको माग अनुसारको गहना पुर्याउन हम्मे हम्मे भएको छ ।
अहिले प्रतिदिन २० देखि २५ किलो सुनको माग भएपनि पुर्याउन नसकिएको महासंघका महासचिव बज्राचार्यले बताए । ‘माग धेरै आए पनि परिपूर्ति गर्न सकेनौं । व्यवसायीले सुन भए न माग पुरा गर्न सक्ने हो,’ उनले भने ।
माग परिपूर्ति गर्न नसकेपनि व्यवसायीहरुले चाडपर्वलाई लक्षित गर्दै पहिले नै अर्डर लिन थालेका छन् । केहि व्यवसायीले पछि बनाउने सर्तमा अर्डर लिएको पनि पाइएको बज्राचार्य सुनाउँछन् । यद्यपी बजारमा माग बढी भएपनि आपूर्ति कम हुँदा व्यवसायीहरु समस्यामा परेको उनले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै
गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते
कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत





प्रतिक्रिया