चुनावका लागि दल दर्ता गर्ने समय सकिँदै
नुवाकोट । आउँदो मंसिर ४ गतेलाई तय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दल दर्ताको समय आज मंगलबार सकिँदैछ।
सरकारले चुनावको मिति घोषणा गरेलगत्तै निर्वाचन आयोगले गएको साउन २२ गतेदेखि दल दर्ता आह्वान गरेको थियो। साउन १९ गतेसम्म आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा भाग लिन आयोगमा दर्ता हुन आयोगले भनेको थियो। नेपालको संविधानको धारा २७१ बमोजिम प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्नुपर्ने प्रावधान रहेको छ।
आयोगमा साउन १९ गतेसम्म १ सय १६ दल दर्ता भएका छन्। तीमध्ये आउँदो चुनावमा भाग लिन सोमबारसम्म आयोगमा ६२ दल दर्ता भएका छन्। प्रमुख दलमध्ये नेपाली कांग्रेसले अहिलेसम्म दर्ता गरेको छैन। एमाले, माओवादी, एकीकृत समाजवादी, जसपालगायतका दलहरू भने दर्ता भइसकेका छन्।
दल दर्ताका लागि आयोगमा राजनीतिक पार्टीको लेखा परीक्षण प्रतिवेदन, निर्वाचन आयोगमा यसअघि भएको दर्ता नम्बर, पार्टीको महाधिवेशनको माइन्युटलगायतका कागजात पेस गर्नुपर्छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न





प्रतिक्रिया