बन्ने भयो फिल्म ‘नाईं नभन्नु ल’को छैटौं सिरिज
विदुर खबर
२०७५ भदौ १७ गते १:३९

काठमाडौं– फिल्म ‘नाईं नभन्नु ल’को छैटौं सिरिज निर्माण हुने भएको छ। गत शुक्रबारबाट प्रदर्शनमा आएको ‘नाईं नभन्नु ल ५’ ले सुखद व्यापार गरिरहेको बेला फिल्मका निर्देशक तथा निर्माता विकासराज आचार्यले छैटौं सिरिज निर्माण गर्ने घाेषणा गरेका हुन्।
फिल्मको पाचौँ सिरिजले प्रदर्शनको तिन दिनमा २ करोड बढीको व्यपार गर्न सफल भएको बताइएकाे छ। फिल्मको सफलतासँगै निर्देशक आचार्य फिल्मको नयाँ सिरिज बनाउन हौसिएका हुन्।
आचार्यका अनुसार फिल्म वर्ष २०७६ मा प्रदर्शनमा आउने छ। आचार्यले ‘नाईं न भन्नु ल ५’ ल्याउन ढिला भएको स्विकार्दै अब छैटौँ सिरिजका लागि कथा लेखनमा लाग्ने बताए।
फिल्मको छैटौँ सिरिजमा बालकलाकार अनुभव रेग्मी दोहोरिने पक्का भएपनि अन्य कलाकारहरुको भने टुङ्गो नलागेको आचार्यको भनाई छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया