राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता
विदुर खबर
२०७९ साउन २९ गते २१:११

नुवाकोट । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन् ।
आइतबार साँझ उनले सभामुख अग्निप्रसाद सापकोटाबाट प्रमाणित भइ प्रमाणीकरणका लागि गएको नागरिकता विधयेक फिर्ता गरेकी हुन्।
उनले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेस हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचार गर्नका लागि प्रतिनिधि सभामै फिर्ता पठाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
Advertisement
नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसद्बाट पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देशसहित विधेयक राष्ट्रपतिले प्रतिनिधि सभामा फिर्ता पठाएको राष्ट्रपति कार्यालयले जारी गरेको सूचनामा बताइएको छ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया