डा. महत नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न निस्किए
नुवाकोट । पुर्वमन्त्रि तथा नेपाली कांग्रेसका प्रवत्ता तथा डा : प्रकाशशरण महत नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न आएका छन् ।
अविरल वर्षाको कारण वुधवार आएको बाढीले नुवाकोट क्षेत्र १ को पुर्वी भेगमा भएको क्षति निरीक्षण गर्न डा : महत नुवाकोटको विभिन्न स्थानमा पुगेका हुन् ।
उनले दुप्चेश्वरको समुद्रटारसम्म गाडीमा र समुद्रटारदेखि राउतबेसीसम्म झण्डै ५ किलोमिटर पैदल यात्रा गरि बाढी प्रभावित क्षेत्रको निरिक्षण गरेका हुन् ।
डा : महतले प्रभावित क्षेत्रको अवलोकन गरि तिनै तहको सरकारले पिडितलाई क्षतिपुर्ति दिनुपर्ने बताए । उनले स्थानीय जनप्रतिनिधि र प्रभावित क्षेत्रका जनतालाई भेटघाट गरि तत्काल काठमाडौं फर्कने बित्तिकै राहतको लागि सरकारलाई ध्यानाकर्षण गर्ने समेत प्रतिबद्वता व्यक्त गरे ।
डा : महतले नुवाकोटको जनताको हर सुख दुखमा आफु सधैं साथमा रहने भन्दै पिडितलाई धैर्य गर्न समेत आग्रह गरे । उनले बाढी र पहिरोजन्य प्राकृतिक प्रकोपको सबैले एकजुट भएर सामना गनूपर्ने बताए ।
बुधवार परेको वर्षाको कारण नुवाकोटको दुप्चेश्वर, पन्चकन्या, तादी र लिखु गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुराएको थियो ।
डा : महतसँगै पहिरोले क्षति पुराएको स्थानको अवलोकनको लागि लिखु गाउपालिका अध्यक्ष एवं नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रयि सभापति धुर्व श्रेष्ठ , तादी गाउँपालिका अध्यक्ष एवं नेपाली कांग्रेस नुवाकोटका उपसभापति सन्तमान तामाङ सडक डिभिजन कार्यालय नुवाकोट प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
रसुवागढी भन्सारले ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन गर्याे





प्रतिक्रिया