नुवाकोटको तल्लो तादीखोलाको विद्युत् उत्पादन बन्द
विदुर खबर
२०७९ साउन २६ गते ११:०७
नुवाकोट । बाढीले बाँधमा क्षति पुर्याएपछि पाँच मेगावाट क्षमताको तल्लो तादीखोला जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ ।
आयोजना निर्माण कम्पनी बुद्धभूमि हाइड्रोपावरका अध्यक्ष पूर्णलाल श्रेष्ठले बाढीले बाँध फुटेको बताए ।
दुप्चेश्वर गाउँपालिका ५ र पञ्चकन्या गाउँपालिका ४ भई बग्ने तादी र चन्द्रवती खोला दोभानमुनि तादीखोलामा बाँध छ ।
उक्त बाँधबाट पञ्चकन्या–४ थप्रेकको नौटारीसम्म २८ सय मिटर लामो पाइपबाट विद्युतगृहमा पानी पठाई विद्युत् उत्पादन गरिँदै आएको थियो ।
करिब ६ महिनाअघि आयोजनाको विद्युत् केन्द्रीय प्रणाली (ग्रीड) मा जोडिएको थियो । हाइड्रोपावरको बाँधस्थलमा फसेका ३ जना कर्मचारीको बुधबार बिहान उद्धार गरिएको छ ।
Advertisement
उनीहरू पानी खोल्न र बन्द गर्न खटिएका थिए । खोलामा पानीको बहाव एक्कासि बढेपछि सोही खोलाको बीचमा अड्किएका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












एकीकृत तथ्याङ्क संकलन गर्न भोटेकोशी–त्रिशूली बाढी पीडितको माग
बच्छला माविका २३८ विद्यार्थीलाई न्यानो कपडा वितरण
त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसको पुनर्निर्माणमा एनसेल फाउन्डेसनले सघाउने
“हल्ला नगर्नु है” भन्दै भुजेल रास्वपा प्रवेश गरेको पुष्टि
तुप्चेका रिजालले सामाजिक सेवामार्फत जन्मदिन मनाए





प्रतिक्रिया