मन्दाकिनी हाइड्रोपावरकाे शेयर बाँडफाँड
नुवाकोट । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर बाँडफाँट भएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालय नक्सालमा शेयर बाँडफाँट भएको हो ।कम्पनीको आईपीओमा कुल १५ लाख ४७ हजार ९४९ जनाले १ करोड ६९ लाख १६ हजार ९८० कित्ताको लागि आवेदन परेको थियो । त्यसमध्ये १ हजार ६६५ जनाको आवेदन रद्द भएको छ ।
त्यस अनुसार १५ लाख ४६ हजार २८४ जनाको योग्य आवेदन १ करोड ६८ लाख ९८ हजार १८० कित्ता शेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको १५.४५ गुणा बढी हो ।
कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलप्रथा मध्यमबाट न्युनतम १० कित्ताको दरले वितरण भएको छ । त्यस अनुसार एक लाख ९ हजार ३७४ जना आवेदकलाई १० कित्ताको दरले १० लाख ९३ हजार ७४० कित्ता शेयर वितरण गरेका छन् ।
त्यस अनुसार बाँकी रहेको ९ कित्ता शेयर, शेयर पाएका मध्येबाट योग्य आवेदकले थप एक कित्ता शेयर पाएका छन् । कम्पनीले साउन साउन ९ गतेदेखि १२ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।
त्यस शेयरमध्ये २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । बाँकी रहेको १० लाख ९३ हजार ७४९ कित्ता शेयर मात्रै सर्वसाधारणलाई बाँडफाँट गरिएको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया