नुवाकोटमा कोरोना रोकथामका लागि तयार रहन निर्देशन
नुवाकोट । नुवाकोटमा कोभिड–१९ को चौथो लहर फैलन नदिन जिल्ला विपद् व्यवस्थापन समितिले स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
समितिले संघीय राजधानी काठमाडौंसँग जोडिएको जिल्ला भएकाले पनि कोभिड संक्रमित बढ्न सक्ने भन्दै स्वास्थ्य संस्थाहरू तयारी अवस्थामा रहनुपर्ने निष्कर्ष निकालेको हो ।
जिल्लाका स्वास्थ्य संस्थाहरूमा आवश्यक सुरक्षा सामाग्री, अस्पताल शइ्याहरू, जनशक्ति व्यवस्थापन, औषधि र अक्सिजनलगायत कमी हुन नदिन समितिले निर्देशन दिएको छ ।
हालैका दिनमा कोभिड(१९ संक्रमितहरूको संख्या बढिरहेकाले यसको रोकथामका लागि अपनाउनुपर्ने विशेष स्वास्थ्य सतर्कता सम्बन्धी कार्य गर्न भनिएको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी नाारायणप्रसाद रिसालले बताए ।
कोभिडको चौथो लहरबाट बच्नका लागि नुवाकोटका १२ वटै नगर तथा पालिकालाई सतर्कता सम्बन्धी कार्यहरू गर्न निर्देशन दिइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया