प्रदेश ३ को ट्राफिक कार्यालय भरतपुरमा रहने
विदुर खबर
२०७५ भदौ १२ गते ४:४३

चितवन, १२ भदौ :प्रदेश नं ३ को ट्राफिक प्रहरी कार्यालय भरतपुरमा रहने भएको छ ।
भरतपुर महानगरपालिका–१ रामनगरमा कार्यालय स्थापना गरिने प्रहरी उपरीक्षक नवीराज राईले जानकारी दिनुभयो । एक सातापछि कार्यालय सञ्चालनमा आउने छ । उक्त कार्यालयले उपत्यकाका तीन जिल्ला बाहेक प्रदेशका सबै जिल्ला हेर्ने छ । क्षेत्रगत विभाजन हुँदा यस क्षेत्रको कार्यालय बाराको पथलैयामा रहेको थियो ।
सो ठाउँ प्रदेश नं २ मा परेपछि प्रदेश नं ३ को ट्राफिक कार्यालय यहाँ राखिएको हो ।“मुग्लिनमा कार्यालय राख्ने तय भएपनि भवन अभावका कारण भरतपुरमा सारिएको हो,” प्रहरी उपरीक्षक राईले भन्नुभयो । उक्त कार्यालयमा ३६ जनाको दरबन्दी रहेको छ । चितवन उपत्यकाबाहिर सबैभन्दा बढी सवारी आवागमन हुने क्षेत्र हो । सडक सञ्जाल, राजधानीसँगको निकटता तथा भौगोलिक अवस्थालाई हेरेर प्रदेश कार्यालय यहाँ राखिएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया