नुवाकोटमा गभर्नर अधिकारीको राजीनामा माग्दै प्रदर्शन
नुवाकोट । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै नुवाकोटमा प्रदर्शन गरेको छ ।
बिहिबार नुवाकोटको बट्टारमा माओवादी निकट भ्रातृ संगठन अखिल क्रान्तिकारीले गभर्नर अधिकारीविरुद्ध प्रदर्शन गरेको ।
प्रदर्शनकारीले ‘एम कि गभर्नर ?’ ‘गभर्नर या एमालेको सदस्य’लगायतका प्लेकार्ड बोकेका थिए ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम नेकपा एमालेको पार्टी कमिटीमा रहेको खुलासा भएसँगै गभर्नर अधिकारीको आलोचना भइरहेको छ ।
अखिल क्रान्तिकारीले गभर्नर अधिकारीलाई तत्काल बर्खास्त गर्न सरकारसँग माग समेत गरेको छ ।
गर्भनर महाप्रसाद अधिकारीले नैतिक रूपमा राष्ट्र बैंकको गभर्नरको पदमा बसिरहन नमिल्ने भन्दै सडक संघर्ष सुरू अखिल क्रान्तिकारी नुवाकोटका अध्यक्ष निराजन बोगटीले जानकारी दिए ।
प्रर्दशनमा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य विनोद कोइराला लगायतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया