नुवाकोटमा गभर्नर अधिकारीको राजीनामा माग्दै प्रदर्शन

नुवाकोट । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै नुवाकोटमा प्रदर्शन गरेको छ ।
बिहिबार नुवाकोटको बट्टारमा माओवादी निकट भ्रातृ संगठन अखिल क्रान्तिकारीले गभर्नर अधिकारीविरुद्ध प्रदर्शन गरेको ।
प्रदर्शनकारीले ‘एम कि गभर्नर ?’ ‘गभर्नर या एमालेको सदस्य’लगायतका प्लेकार्ड बोकेका थिए ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम नेकपा एमालेको पार्टी कमिटीमा रहेको खुलासा भएसँगै गभर्नर अधिकारीको आलोचना भइरहेको छ ।
अखिल क्रान्तिकारीले गभर्नर अधिकारीलाई तत्काल बर्खास्त गर्न सरकारसँग माग समेत गरेको छ ।
गर्भनर महाप्रसाद अधिकारीले नैतिक रूपमा राष्ट्र बैंकको गभर्नरको पदमा बसिरहन नमिल्ने भन्दै सडक संघर्ष सुरू अखिल क्रान्तिकारी नुवाकोटका अध्यक्ष निराजन बोगटीले जानकारी दिए ।
प्रर्दशनमा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य विनोद कोइराला लगायतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया