फेरि बढ्यो गाडी भाडा
विदुर खबर
२०७९ असार २७ गते १९:१७
नुवाकोट । सरकारले इन्धनको मूल्य बढाएपछि सार्वजनिक सवारीसाधनको भाडा पनि भारी दरले बढेको छ ।
यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा भाडा अधिकतम २.६ प्रतिशतसम्म भाडा बढाएको हो ।
नेपाल आयल निगमले गत आसार २० गते डिजेल ९ रुपैयाँ बढाएको थियो । हाल डिजेल प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ ।
डिजेलको मूल्य बढेकाले सो अनुसार भाडा समायोजन विभागले सूचना मार्फत जानकारी गराएको हो । विभागका अनुसार अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा १.७९ प्रतिशतले भाडा बढेको छ ।
त्यस्तै पहाडी बाटोमा चल्ने मालबाहक सवारी साधनमा २.३४ तथा तराईमा चल्ने मालबाहक सवारीसाधनमा २.६ प्रतिशत भाडा बढेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया