बाग्मति प्रदेशमा मुख्यमन्त्री हेरफेर नहुने

विदुर खबर २०७९ असार २१ गते १८:१८

नुवाकोट । बाग्मति प्रदेशमा मुख्यमन्त्रि हेरफेर नहुने भएको छ ।

Advertisement

यससँगै नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डे आगामी चुनावसम्म बागमती प्रदेशको मुख्यमन्त्री रहिरहने छन् । सरकार गठनको समयमा बागमती प्रदेशमा कांग्रेस, माओवादी  केन्द्र र एकीकृत समाजवादीबीच पाण्डे र कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ आलोपालो मुख्यमन्त्री बन्ने लिखित सहमति भएको थियो ।

गठबन्धनका नेताहरुका अनुसार कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच २–२ र जनता समाजवादी पार्टीले एक प्रदेशको मुख्यमन्त्री लिने सहमति शीर्ष तहमै भएको हो । नेताहरुका अनुसार यदि बागमतीका मुख्यमन्त्रीले राजीनामा दिने हो भने अरु प्रदेशमा पनि हेरफेर गर्नुपर्ने अवस्था आउँछ । त्यसैले कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुले पनि मुख्यमन्त्री हेरफेरका लागि रुचि देखाएका छैनन् । माओवादी शीर्ष नेतृत्वले त सरकार परिर्वतनको खेलमा नलाग्न प्रदेशका नेताहरुलाई निर्देशन नै दिएको छ ।

Advertisement

माओवादी सांसद युवराज दुलाल भन्छन्, ‘सात प्रदेशका सरकार सकेसम्म नचलाउने कुरा केन्द्रीय गठबन्धनको छ । बागमती सरकार गठन हुँदा आलोपालो गर्ने भन्ने सहमति भएकाले कुरा उठेको हो । प्रदेशमा राजेन्द्र पाण्डे र इन्द्र बानियाँ सहमति अनुसार जान तयार हुनुभयो । तर, केन्द्रले यसबारे नयाँ निर्णय लिएको छैन ।’

प्रदेश सरकार संचालन संयन्त्रका संयोजक समेत रहेका दुलाल प्रधानमन्त्रीले चाहँदा मात्र मुख्यमन्त्री हेरफेर हुनसक्ने बताउँछन् ।

Advertisement

कांग्रेस बागमती प्रदेश सभापति एवं संसदीय दलका नेता बानियाँ भने मुख्यमन्त्री हेरफेर नगर्ने सहमति शीर्ष तहमा भएकोबारे आफूलाई जानकारी नभएको बताउँछन् । आलोपालोको सहमति लिखित रुपमै भएकाले कार्यान्वयनको माग गरेको भन्दै उनले भने, ‘अहिले अरु प्रदेशसँग जोडेर नयाँ कुरा आएको छ, यो दुःखद छ ।’

यद्यपि अहिले गठबन्धनलाई कमजोर बनाउने काम कांग्रेसले नगर्ने भन्दै उनले भने, ‘हामी गठबन्धनलाई कमजोर बनाउने गरी मरिहत्ते गर्दैनौं । नैतिक, राजनीतिक र गठबन्धनको भावना अनुसार चल्ने नचल्ने उहाँहरुको कुरा रह्यो ।’

प्रतिक्रिया