बाग्मति प्रदेशमा मुख्यमन्त्री हेरफेर नहुने
नुवाकोट । बाग्मति प्रदेशमा मुख्यमन्त्रि हेरफेर नहुने भएको छ ।
यससँगै नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डे आगामी चुनावसम्म बागमती प्रदेशको मुख्यमन्त्री रहिरहने छन् । सरकार गठनको समयमा बागमती प्रदेशमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पाण्डे र कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ आलोपालो मुख्यमन्त्री बन्ने लिखित सहमति भएको थियो ।
गठबन्धनका नेताहरुका अनुसार कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच २–२ र जनता समाजवादी पार्टीले एक प्रदेशको मुख्यमन्त्री लिने सहमति शीर्ष तहमै भएको हो । नेताहरुका अनुसार यदि बागमतीका मुख्यमन्त्रीले राजीनामा दिने हो भने अरु प्रदेशमा पनि हेरफेर गर्नुपर्ने अवस्था आउँछ । त्यसैले कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुले पनि मुख्यमन्त्री हेरफेरका लागि रुचि देखाएका छैनन् । माओवादी शीर्ष नेतृत्वले त सरकार परिर्वतनको खेलमा नलाग्न प्रदेशका नेताहरुलाई निर्देशन नै दिएको छ ।
माओवादी सांसद युवराज दुलाल भन्छन्, ‘सात प्रदेशका सरकार सकेसम्म नचलाउने कुरा केन्द्रीय गठबन्धनको छ । बागमती सरकार गठन हुँदा आलोपालो गर्ने भन्ने सहमति भएकाले कुरा उठेको हो । प्रदेशमा राजेन्द्र पाण्डे र इन्द्र बानियाँ सहमति अनुसार जान तयार हुनुभयो । तर, केन्द्रले यसबारे नयाँ निर्णय लिएको छैन ।’
प्रदेश सरकार संचालन संयन्त्रका संयोजक समेत रहेका दुलाल प्रधानमन्त्रीले चाहँदा मात्र मुख्यमन्त्री हेरफेर हुनसक्ने बताउँछन् ।
कांग्रेस बागमती प्रदेश सभापति एवं संसदीय दलका नेता बानियाँ भने मुख्यमन्त्री हेरफेर नगर्ने सहमति शीर्ष तहमा भएकोबारे आफूलाई जानकारी नभएको बताउँछन् । आलोपालोको सहमति लिखित रुपमै भएकाले कार्यान्वयनको माग गरेको भन्दै उनले भने, ‘अहिले अरु प्रदेशसँग जोडेर नयाँ कुरा आएको छ, यो दुःखद छ ।’
यद्यपि अहिले गठबन्धनलाई कमजोर बनाउने काम कांग्रेसले नगर्ने भन्दै उनले भने, ‘हामी गठबन्धनलाई कमजोर बनाउने गरी मरिहत्ते गर्दैनौं । नैतिक, राजनीतिक र गठबन्धनको भावना अनुसार चल्ने नचल्ने उहाँहरुको कुरा रह्यो ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला





प्रतिक्रिया