बन्चरेडाँडाका स्थानीयको माग सम्बोधन गर्छौं : मन्त्री झाँक्री
नुवाकोट । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाँडा ल्यान्डफिल्ड साइटबाट प्रभावित स्थानीयको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

काठमाडौंको फोहोर आकस्मिकरूपमा बन्चरेडाडाँमा फालिएपछि स्थानीयका मागप्रति सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारेकी हुन् ।मन्त्रालयमा बुधबार आयोजित सर्वपक्षीय छलफलमा मन्त्री झाँक्रीले बन्चरेडाडाँ ल्यान्डफिल्ड साइटले काठमाडौंको फोहोर व्यवस्थापनमा नयाँ मोड ल्याउने बताइन् । बन्चरेडाँडा ल्यान्डफिल्ड साइट व्यवस्थित गर्न स्थानीयको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनीहरूका मागप्रति नजरअन्दाज नगरिने उनले बताइन् ।
‘बन्चरेडाँडा ल्यान्डफिल्ड साइट व्यवस्थापन हाम्रो साझा काम हो भनेर अघि बढौं,’ उनले भनिन्, ‘उक्त ल्यान्डफिल्ड साइटले काठमाडौंको फोहोर व्यवस्थापनमा नयाँ मोड ल्याउनेछ ।’
छलफलका क्रममा नुवाकोटबाट निर्वाचित सांसद हितबहादुर तामाङले बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको फोहोर व्यवस्थापनमा देखिएका समस्या दीर्घकालीन समाधानका उपाय खोजेर अघि बढ्न सुझाव दिए । समस्या बारम्बार दोहोरिन नदिन स्थानीय सरकारलाई समेत जवाफदेही बनाउनुपर्ने उनको भनाइ थियो ।
धादिङबाट निर्वाचित सांसद भूमि त्रिपाठीले आयोजना प्रभावित क्षेत्रको प्राविधिक टोलीको अध्ययनअनुसार सरकारले जग्गा अधिग्रहण गर्नुपर्ने बताए ।
धादिङको धुनीबेंसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बन्चरेडाँडा ल्यान्डफिल्ड साइट व्यवस्थापन सबैको साझा दायित्वको विषय भएको बताउँदै यसका व्यवहारिक पक्षमा ध्यान दिन आवश्यक रहेको बताए । यस्तै आयोजना प्रभावित क्षेत्रका स्थानीयले आफूहरूले फोहोरको वैज्ञानिक व्यवस्थापन चाहेको बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












म सिनियर हुँ, संसदीय दलको नेतामा दाबी रहन्छ : केसी
‘म अर्जुननरसिंह केसी ‘गगनको ससुरा भएर बनेको हुँ ?’
चैत ११ मा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीको शपथ
आजको मौसम : देशभर वर्षा र हिमपातको सम्भावना
नुवाकाेटकाे बुद्धभुमी हाइड्रोले चैत २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने





प्रतिक्रिया