बुटवलका ब्रोकर कार्यालय सुनसान जस्तै

बुटवल, नेप्से परिसूचकमा आएको गिरावटका कारण शेयर बजार कारोवार गर्ने बुटवलस्थित ब्रोकर (शेयर दलाल) कार्यालय सुनसान जस्तै देखिन थालेका छन् ।
लगानीकर्ताको भिडभाड बढ्ने ब्रोकर कार्यालयमा लगानीकर्ताको चहलपहल कम देखिन थालेको ब्रोकर कार्यालयले जनाएको छ । यो साताभर बजार तल ओर्लेका कारणले लगानीकर्ता निराश भएको दक्षिणकाली इन्भेष्टमेण्ट एण्ड सेक्युरिटिज प्राली (३३ नं ) का शङ्कर भण्डारीले भन्नुभयो । उहाँले लगानीकर्ता पर्ख र हेरको अवस्थामा भएको उल्लेख गर्दै लगानीकर्ताको मनोविज्ञानले बढनुपर्ने अहिलेको अवस्थामा पनि नेप्से परिसूचक बढ्न नसकेको बताउनुभयो ।
भण्डारीका अनुसार यो साता इन्भेष्टमेण्ट एण्ड सेक्युरिटिज प्राली, बुटवलबाट कूल रु ४२ लाख ६५ हजार ७५ बराबरको मात्रै शेयर कारोबार भएको छ । तर गत साता सो सेक्युरिटिजबाट ३६ लाख दुई हजार ३६९ बराबरको मात्रै कारोवार भएको देखिएको छ । यसले मोफसलमा पनि शेयर बजारमा गिरावट आएको देखाएको छ ।
आर्यनतारा इन्भेष्टमेण्ट बुटवल (५७ नं) का टेकराज भट्टराइले शेयर बजार कुन कम्पनीले कस्तो लाभांश दिन्छन्, भन्ने पर्खाइमा रहेको हुनसक्ने अनुमान गर्दै बजारमा कम्पनीले दिने नगद लाभांश भन्दा बोनस शेयरमा आर्कषण रहेको धारणा व्यक्त गर्नुभयो ।
उहाँले नेप्से परिसूचक राताम्मे भएको बेला लगानीकर्ताको मनोवल कमजोर भएको र बजारमा हरियाली छाउँदा लगानीकर्ता सक्रिय देखिएको बताउनुभयो । भट्टराइले यो साता सेक्युरिटिजबाट रु एक करोड ७१ लाख ६३ हजार ४४१ शेयर कारोबार भएको जानकारी दिँदै बजार पहिलेको भन्दा केहि घटेको छ, भन्नुभयो । “जवकी सो सेक्युरिटिजबाट गत साता (चार दिन) रु एक करोड ६० लाख ९४ हजार ६४३ कारोवार भएको थियो । शेयर बजारमा क्रण लगानी पनि छैन, विश्वासिलो वातावरण पनि बनेन सेक्युरिटिज प्रालिका भट्टराइले भन्नुभयो ।”
त्यस्तै बुटवलमा एशियन सेक्युरिटिज, मिडास सेक्युरिटिज लगायतका अन्य विभिन्न ब्रोकर कार्यालयले पनि शेयर खरिद बिक्रीको कारोवार गर्दै आएका छन् । बुटवलमा रुपन्देहीबाहेक नवलपरासी, कपिलवस्तु, गुल्मी, अर्घाखाँची लगायतका जिल्लाबाट शेयर कारोवार गर्न लगानीकर्ता आउँछन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया