नुवाकोटमा मतदान अधिकृतहरुलाई तालिम
नुवाकोट । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि नुवाकोटमा तालिम सञ्चालन गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयमा भएको तालिममा एकसय ३२ वटा मतदानस्थलको २ सय ८७ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत सहभागी रहेको जिल्ला निर्वाचन नुवाकोटले जानकारी दिएको छ ।
तालिममा कानुनी, व्यवहारिक र सैद्धान्तिक पक्षका कुरा सिकाइएको छ । उनीहरूलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र, मतदान केन्द्र निर्माण गर्ने तरिकाको विषयमा तालिम दिइएको नुवाकोटका मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइटेलले जानकारी दिए । उनका अनुसार मतपेटिका राख्ने ठाउँ, रुजु गर्नेलगायत मतदान कार्यलाई व्यवस्थित गर्ने तरिकाको विषयमा सहभागीहरुलाई जानकारी दिइएको थियो ।
यस्तै मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइटेलले महिला, सुत्केरी, बृद्ध र अशक्त महिलाको लागि मतदान गर्ने समयमा विशेष प्राथमिकता दिन आग्रह गरे । मतदान अधिकृत र सहायक मतदान केन्द्रमा पुग्नुअघि र पुगेपछि गर्नुपर्ने काम, मतदातालाई भित्र भोट हाल्न कसरी पठाउने, भोट हालिसकेपछि सुरक्षित कसरी बाहिर ल्याउने, निर्वाचन सकिएपछि के गर्नेलगायत विषयमा तालिममा जानकारी गराइएको थियो ।
कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले निर्वाचनमा कुनैपनि किसिमको सुरक्षा चुनौती सामना गर्न आफुहरु तयार रहेको बताए । उनले प्रत्येक पालिकामा नेपाल प्रहरीको २ ओटा र शसस्त्र प्रहरीको ३ ओटा मोवाइल टोली परिचालन गरिने बताए ।
दुई नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटमा मतदाता संख्या २ लाख २१ हजार एकसय रहेको छ । जसमा महिला एक लाख ८ हजार ९२ र पुरुष एक लाख १३ हजार ६६ र जना महिला तथा ३ जना तेस्रो लिङ्गी रहेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
यसैविच जिल्ला निर्वाचन कार्यालय नुवाकोटले मतदानमा सहभागी मतदान अधिकृत र सहायक निर्वाचन अधिकृतहरुको लागि नमुना मतदान कार्यक्रमको आयोजना गरेको छ ।
नमुना मतदान कार्यक्रममा निर्वाचनको समयमा देखिने चुनौती तथा समस्याको विषयमा सहभागीहरुलाई जानकारी गराइएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द





प्रतिक्रिया