रेनु दाहालले मेयर पदबाट दिइन् राजीनामा

विदुर खबर २०७९ वैशाख १० गते ७:४२

नुवाकोट । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छन् । भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदारी दिन उनले पदबाट राजीनामा दिएकी हुन् ।

Advertisement

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनकातर्फबाट उम्मेदवार बन्न लागेकी दाहालले उपप्रमुख पार्वती शाह ठकुरीसमक्ष राजीनामा पत्र बुझाएकी हुन् ।निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि दाहालले राजीनामा दिएकी हुन्। सत्तारुढ गठबन्धनकातर्फबाट भरतपुरको मेयर माओवादीले र उपमेयर कांग्रेसले पाउने सहमति भएको छ ।

महानगरपालिकाको नगरप्रमुख पदमा उम्मेदवारी दर्ता गर्ने हुँदा निर्वाचन आचारसंहिताको पालना गर्दै भरतपुर महानगरपालिका चितवनको नगरप्रमुखको पदबाट राजीनामा गरेको छु, राजीनामा पत्रमा उल्लेख छ । मेयरसँगै वडाध्य्क्ष र नगर सदस्यले पनि राजीनामा दिएका छन्।

Advertisement

प्रतिक्रिया