आफूखुसी गठबन्धन तोड्न माओवादीले रोक लगायो
नुवाकोट । पालिका चुनावलाई केन्द्रित गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ६ बुँदे सर्कुलर जारी गर्नुभएको छ ।

केन्द्रीय कार्यालयको तर्फबाट अध्यक्ष प्रचण्डले पालिका चुनावको उम्मेदवार छनाेटका लागि आवश्यक विधि र प्रक्रिया अवलम्बनका लागि हिजो सर्कुलर पठाउनुभएको हो। सर्कुलरमा पार्टीको तर्फबाट उम्मेदवार हुनेको नाम वैशाख ५ गतेभित्र सिफारिस गरिसक्न भनिएको छ ।
महानगर र उपमहानगरमा सकेसम्म सर्वसम्मत नभए बढीमा ३ जना उम्मेदवारको नाम चयन गरी पठाउनुपर्नेछ । नगरपालिका र गाउँपालिकामा प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्षको सिफारिस सम्बन्धित पालिका समितिले गर्नुपर्नेछ ।
माओवादी केन्द्रले महिलालाई उपमा सीमित नगरि प्रमुखको भूमिकालाई जोड दिने निर्णय पनि गरेको छ । हरेक जिल्लामा कम्तीमा एक पालिका प्रमुख वा अध्यक्षमा महिला अनिवार्य गर्न सर्कुलरमार्फत भनिएको छ । यस्तै, वडा अध्यक्ष र सदस्यको हकमा पार्टीको वडा समितिको सिफारिसमा पालिका समितिले निर्णय गर्नेछ भने प्रदेश समितिले अनुमोदन गर्नेछ ।
सत्तागठबन्धन दलबीच तालमेल गर्न र केन्द्रको स्वीकृति विना आफूखुसी गठबन्धन तोड्न रोक लगाइएको छ । तालमेल हुन नसक्ने अवस्थामा केन्द्रको स्वीकृति लिइ आवश्यक निर्णय गर्ने सर्कुलरमा भनिएको छ ।
यसअघि हिजो बिहान बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर आपसी सहकार्य र सहयोगको भावनाले अघि बढ्न आह्वान गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













एमाले नेता खड्काद्धारा विद्यार्थीहरुलाई झोला वितरण
स्पेनको ‘बुलफाइट’ बिर्साउने नुवाकोटको गोरु जुधाइ
तादीमा जिल्ला स्तरीय वडा कप भलिबल प्रतियोगिता शुरु
नुवाकोटका गुभाजु पुनः नेपाली साझा मञ्च साउदीको अध्यक्ष चयन





प्रतिक्रिया