कांग्रेसले बहुमत नल्याएसम्म नेपाल सहीबाटोमा जान सक्दैन : डा. महत
नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेपाली कांग्रेसले पूर्ण बहुमत नल्याएसम्म नेपाल सही बाटोमा जान नसक्ने बताउनुभएको छ ।

उहाँले नुवाकोट जिल्लाको लिखु ४ अवस्थित क्षेत्रपाल माध्यमिक विद्यालयको ४८ औं बार्षिकोत्सव तथा छात्रवृत्ति वितरण समारोहमा प्रमुख अतिथिको रुपमा समुद्घाटन मन्तव्य प्रकट गर्दै सो कुरा बताउनुभएको हो । प्रवक्ता डा.महतले २०४६ सालमा लोकतान्त्रिक व्यवस्थाको पुनर्बहाली भएपछि नेपाली कांग्रेसले लिएका उदारवादी नीतिहरुले गर्दा देशमा शिक्षा,स्वास्थ्य,बाटोघाटो,खानेपानी र विजुलीको क्षेत्रमा विकास भएको पनि उल्लेख गर्नुभयो ।
कम्युनिष्ट पार्टीहरुले काम हैन कुरा बढी गर्ने गरेको उदाहरण दिंदै उहाँले भन्नुभयो,“अघिल्लो चुनावमा कम्युनिष्ट पार्टीका नेताहरुले गरेको गफमा सामान्य मतदाता झुक्किदा नेपाली कांग्रेस पराजित भयो । २ बर्षमा चीनबाट रेल ल्याउने, समुन्द्र नभएको देशमा पानी जहाज ल्याउने कुरा गरेर उहाँहरुले चुनाव जित्नुभयो तर ५ बर्षलाई दिएको जनादेश साढे ३ बर्ष पनि टिकाउन सक्नुभएन । पार्टी नै फुट्यो । नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्न अन्य पार्टीले अनुरोध गरेपछि कांग्रेसको नेतृत्वमा वर्तमान सरकार बन्न पुगेको हो ।”
कांग्रेस प्रवक्ता डा.महतले पूर्ववर्ति नेकपा एमालेको नेतृत्वको ओली सरकारको आलोचना गर्दै कोरोना संक्रमणको समयमा औषधी खरिदमा समेत भ्रष्टाचार गरिएको आरोप लगाउनुभयो । उहाँले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि कोरोना विरुद्धको खोप ल्याएर अधिकांश नागरिकले लगाउने अवस्था सिर्जना भएको र मुलुक सामान्य अवस्थामा फर्केको पनि दावी गर्नुभयो ।
“देशमा सुशासन कायम गर्न र विकासलाई गति दिन स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले जित्न जरुरी छ। प्रदेश र संघीय संसदको निर्वाचनमा नेपाली कांग्रेसले जित्न जरुरी छ ।”, डा. महतले भन्नुभयो ।

उहाँले नुवाकोट जिल्लाको विकासलाई गति दिने काम पनि नेपाली कांग्रेसको पालामा भएको उल्लेख गर्नुभयो । ओली सरकारको पालामा नुवाकोटको बजेट कटौैती भएको प्रसंग निकाल्दै उहाँले भन्नुभयो,”हिजो डा. रामशरण महतले चुनाव जित्दा नुवाकोटमा अर्बमा बजेट आउथ्यो । ओली सरकारको पालामा त्यो करोडमा झर्यो र त्यै बजेट पनि उपभोक्ता समिति बनाएर बाँडीचुडी खाएको गुनासो आइररहेको छ ।”
फरक फरक समयमा ऊर्जा र परराष्ट्र मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्नुभएका डा.महतले आफू ऊर्जामन्त्री हुँदा पूर्वी नुवाकोटमा ग्रामीण विद्युतीकरण गरेर नुवाकोटलाई अन्धकारबाट उज्यालोतिर लैजाने प्रयास गरेको पनि बताउनुभयो ।
उहाँले नुवाकोट जिल्ला राजधानीको नजिक रहेको र अत्यन्त संभावनायुक्त जिल्ला भएको उल्लेख गर्दै नेपाली कांग्रेसकै प्रयासमा टोखा छरहेको बाटो खुलेको र पिचसमेत भएको तर कम्युनिष्ट सरकारले पर्याप्त बजेट नदिएर मर्मत संभार हुन नसकेको बताउनुभयो। उहाँले कांग्रेसको सरकार बनेपछि आफ्नो प्रयासमा १० करोड रुपैया निकासा गराएर मर्मतसंभारलाई गति दिएको दावी पनि गर्नुभयो ।
कांग्रेस नेता महतले टोखा छहरे सुरुड.मार्ग बनेपछि १० मिनेटमै काठमाडौं पुग्न सकिने र राजधानीको बस्ती नुुवाकोट सर्ने बताउदै त्यसपछि नुवाकोटको जीवनस्तर बढ्ने,स्थानीय कृषि उपजले सही मूल्य पाउने र समृद्ध नुवाकोटको सपना साकार हुने पनि बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया