सेयर बजारमा ५३ अंकको बढोत्तरी

विदुर खबर २०७८ फागुन ३ गते १५:५४

नुवाकोट । लगातार घटिरहेको सेयर बजारमा मंगलबार हरियाली छाएको छ।

Advertisement

बजार आज ५३.३० अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २७५४.२८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.८३ अंकले बढेर ५२२.१३ को विन्दुमा पुगेको छ। कारोबार रकम हिजोको तुलनामा घटेर सवा ३ अर्ब रुपैयाँको हाराहारीमा मात्रै भएको छ। हिजो साढे ३ अर्ब रुपैयाँ बढीको कारोबार भएको थियो।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। 

Advertisement

यो जलविद्युत समूह सर्वाधिक ४.३२ प्रतिशतले उकालो लागेको छ। अन्य समूह ३.३८ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.८४ प्रतिशत, व्यापार समूहमा १.३५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.६३ प्रतिशत, विकास बैंक समूहमा २.७१ प्रतिशत, वित्त समूहमा २.८५ प्रतिशत, निर्जीवन बीमा समूहमा १.४९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.५४ प्रतिशत, लघुवित्त समूहमा २.८२ प्रतिशत, जीवन बीमा समूहमा १.२५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२ प्रतिशत र लगानी समूहमा २.४९ प्रतिशतको बढोत्तरी भएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

Advertisement

आज नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका ६३ लाख ४३ हजार २२८ कित्ता सेयर ३ ऋबर्् २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन हिमालयन डिस्टिलरीको सर्वाधिक २२ करोड ७७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेसनल हाइड्रोपावरको १८ करोड ५३ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल टेलिकमको १८ करोड २१ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १३ करोड ५५३ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको १३ करोड २८ लाख रुपैयाँ, अपी पावरको ११ करोड ७५ लाख रुपैयाँ, एचआईडीसीएलको ९ करोड ४० लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ५७ लाख रुपैयाँ, अप्पर तामाकोशीको ६ करोड ८ लाख रुपैयाँ र निफ्राको ६ करोड ५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

प्रतिक्रिया