जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँट
नुवाकोट । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर बाँडफाँट भएको छ ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर आइतबार साँझ बाडफाँट गरेकाे हो । लघुवित्तको आईपीओमा कुल २७ लाख ९ हजार ८५५ जना आवेदकबाट ३ अर्ब ३१ करोड ४७ लाख १५ हजार रुपैयाँ बराबरको ३ करोड ३१ लाख ४७ हजार १५० कित्ता शेयरको लागि आवेदन परेको थियो । त्यसमध्ये १ लाख २२ हजार ४४३ जनाको आवेदन रद्द भएका छन् ।
त्यस अनुसार २५ हजार ८७ हजार ४१२ जना योग्य आवेदकबाट ३ करोड ६ लाख ६६ हजार १९० कित्ता शेयरको लागि आवेदन परेको थियो । माग भन्दा बढी आवेदन परेकोले धितो निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार योग्य आवेदक मध्ये ४८ हजार ७९० जना भाग्यमानीले मात्रै १० कित्ताका दरले शेयर पाएका छन् ।
लघुवित्तले माघ २१ गते देखि ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको थियो । त्यसमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । बाँकी ४ लाख ८७ हजार ९०० कित्ता शेयरमा मात्रै सर्वसाधारणको लागि बाँडफाँड भएको हो ।
हाल लघुवित्तको चुक्ता पूँजी १० करोड ७८ लाख रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १६ करोड पुग्नेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौंका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना नियन्त्रणमा
रसुवामा ४३६ थान भेप सहित एक युवक पक्राउ
नुवाकोटको तारकेश्वरमा आइतबारको बिदा खारेज, कार्यालय समय पुनः १०–५ कायम
रास्वपाकाे रसुवा जिल्ला समिति विघटन
विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ





प्रतिक्रिया