फागुन १ देखि फिल्म हल खुल्ने
नुवाकोट । कोभिड महामारी जोखिमका कारण बन्द गरिएका फिल्म हल फागुन १ गतेदेखि खुल्ने भएका छन् । हल बन्द हुँदा रोकिएका पुराना फिल्म प्रदर्शन गर्दै हल खुलाइने भएको हो ।

‘काठमाडौंका सीडीओको निर्णय अनुसार नै हल खोल्ने तयारी थालेका छौं । अब अहिलेसम्म नयाँ मितिका कुनै फिल्मको प्रदर्शन तय भइसकेको छैन । पहिले त प्रदर्शन रोकिएका फिल्म चलाउँछौं,’क्यूएफएक्सका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले बताए । हल संचालकहरू हिन्दी फिल्म ‘पुष्पा’, नेपाली फिल्म ‘चपलीहाइट ३’लगायतका फिल्म प्रदर्शन गर्दै हल खोल्ने तयारीमा जुटेका छन् ।
हल खुल्ने निर्णयसँगै अब फिल्म प्रदर्शन गर्ने कुराले फिल्मकर्मी हौसिएका छन् । ‘फागुन १ बाट फिल्म प्रदर्शन गर्ने तयारी गर्दैछौं । मेरो फिल्म फिल्म रिलिज गर्न नपाउँदै हल बन्द भएको थियो ।
अहिले मरेर बाँचेको जस्तो लागिरहेको छ,’ ‘चपली हाइट ३’का निर्माता अर्जुन कुमारले भने । निकेश खड्का निर्देशित फिल्ममा अर्पण थापा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठलगायतको अभिनय छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया