फागुन १ देखि फिल्म हल खुल्ने

विदुर खबर २०७८ माघ २६ गते ८:३१

नुवाकोट । कोभिड महामारी जोखिमका कारण बन्द गरिएका फिल्म हल फागुन १ गतेदेखि खुल्ने भएका छन् । हल बन्द हुँदा रोकिएका पुराना फिल्म प्रदर्शन गर्दै हल खुलाइने भएको हो ।

Advertisement

‘काठमाडौंका सीडीओको निर्णय अनुसार नै हल खोल्ने तयारी थालेका छौं । अब अहिलेसम्म नयाँ मितिका कुनै फिल्मको प्रदर्शन तय भइसकेको छैन । पहिले त प्रदर्शन रोकिएका फिल्म चलाउँछौं,’क्यूएफएक्सका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले बताए । हल संचालकहरू हिन्दी फिल्म ‘पुष्पा’, नेपाली फिल्म ‘चपलीहाइट ३’लगायतका फिल्म प्रदर्शन गर्दै हल खोल्ने तयारीमा जुटेका छन् ।

हल खुल्ने निर्णयसँगै अब फिल्म प्रदर्शन गर्ने कुराले फिल्मकर्मी हौसिएका छन् । ‘फागुन १ बाट फिल्म प्रदर्शन गर्ने तयारी गर्दैछौं । मेरो फिल्म फिल्म रिलिज गर्न नपाउँदै हल बन्द भएको थियो ।

Advertisement

अहिले मरेर बाँचेको जस्तो लागिरहेको छ,’ ‘चपली हाइट ३’का निर्माता अर्जुन कुमारले भने । निकेश खड्का निर्देशित फिल्ममा अर्पण थापा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठलगायतको अभिनय छ ।

प्रतिक्रिया