राष्ट्रिय अपाङ्ग अनुसन्धान केन्द्र नुवाकोटको अध्यक्षमा दाहाल

नुवाकोट । राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्र नुवाकोटको अध्यक्षमा भरतप्रसाद दाहाल चयन भएका छन् ।

शनिवार विदुर नगरपालिका वडा नम्बर ५ देविघाटमा रहेको देविघाट जेष्ठ नागरिक प्रतिष्डानमा भएको केन्द्रको प्रथम साधारणसभाले अध्यक्षमा दाहाललाई अध्यक्षमा निर्वाचित गरेको हो ।
यस्तै केन्द्रको उपाध्यक्षमा विरवहादुर तामाङ, सचिवमा सुभद्रा ढकाल र कोषाध्यक्षमा सदिक्षा पुडासैनी चयन भएका छन् ।

त्यस्तै केन्द्रको सदस्यहरुमा यमकुमार ढुङ्गाना, गंगा पुडासैनी, हिरा खतिवडा र नारायणी लम्साल चयन भएको राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्र नुवाकोटका नवनियुत्त अध्यक्ष दाहालले जानकारी दिए ।
कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका पुर्व सभापति धुव्र ढकालले फरक क्षमता भएका व्यक्तिहरुलाई हरेका स्थानमा विभेद हुने गरेको बताए । उनले फरक क्षमता भएका व्यक्तिहरुलाई सबैले सम्मान गर्नुपर्ने भन्दै उनीहरुलाई दया नभई हरेका ठाउँमा अवसर प्रदान गर्नुपर्ने बताए ।

कार्यक्रममा विभिन्न सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया