कमल थापा नयाँ दल खोल्ने तयारीमा
नुवाकोट । राप्रपाका पूर्व अध्यक्ष कमल थापाले नयाँ दल गठनको तयारी अन्तिम चरणमा पुर्याएका छन् ।

मंसिरको अन्तिम साता भएको पार्टी महाधिवेशनमा अध्यक्षमा पराजित भएसँगै थापा असन्तुष्ट रहँदै आएका छन् । थापा निकट नेताहरुका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनसँग माघभित्रै कुनै सहमति हुन नसके फागुनको पहिलो साता नै थापाले नयाँ राजनीतिक दलको घोषणा गर्ने छन् ।
‘अध्यक्षमा राजेन्द्रजीले नोमिनेसन गरेपछि दुबैजनाबीच फेस टु फेस नै भएको छैन । अहिले थापा कोरोना भएको कारण आइसोलेसनमा हुनुहुन्छ’ राप्रपाका पूर्व कोषाध्यक्ष उद्धव पौडेलले भने, ‘माघभित्र निर्णय भएर सुलह नभएको अवस्थामा नयाँ पार्टी बन्दा अचम्म नमाने हुन्छ । त्यस दिशातर्फ गईरहेको देखेको छु । मिल्न चाहने हो भने धेरै ठूला विषयहरु छैनन् ।’
पौडेल शनिबारसम्ममा थापाको आइसोलेसनका लागि तोकिएको अवधी समाप्त हुने बताउँछन् । पौडेल अध्यक्ष लिङ्देन र थापा दुबैसँग संवादमा रहेका छन् । थापा निकट कतिपय युवा नेताहरुले फागुन ७ गते प्रजातन्त्र दिवसको असर पारेर नयाँ दलको घोषणा हुने फेसबुकमा लेखेका छन् ।
थापाले पूर्व राजा ज्ञानेन्द्र शाहले महाधिवेशनको निर्वाचन प्रक्रियामा हस्तक्षेप गरेका कारण अध्यक्षमा आफू पराजित भएको आरोप लगाउँदै आएका छन् । पूर्व राजाको भूमिकाको बारेमा पार्टीले छानबिन गर्नुपर्ने र त्यस्तो अवस्थामा आगामी दिनमा दोहोरिन नदिन पार्टीले ठोस कदम चाल्नुपर्ने माग थापाको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया