कोरोना महामारीमा पनि पर्यटक आगमनमा दोब्बर वृद्धि

नुवाकोट । कोरोना संक्रमणको महामारीमा पनि नेपालमा पर्यटक आगमन अघिल्लो वर्ष पुस महिनाको तुलनामा यो वर्षको पुसमा दोब्बरले वृद्धि भएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको पुस महिनामा कुल ८ हजार ८ सय ७४ पर्यटक भित्रिएकोमा यो वर्षको पुस महिनामा कुल १६ हजार ९ सय ७५ पर्यटक नेपाल भित्रिएका छन् । जुन अघिल्लो वर्षको तुलनामा ९१ दशमलव ३ प्रतिशतले बढी हो ।
पर्यटन बोर्डका अनुसार पुस महिनामा भित्रिएका पर्यटकमध्ये एसियाली पर्यटक ३८ दशमलव ९७ प्रतिशत, अमेरिकी तथा क्यानडेली २१ दशमलव ३१ प्रतिशत, युरोपेली २० दशमलव ७८ प्रतिशत र अस्ट्रेलिया तथा न्युजिल्यान्डका पर्यटकको संख्या ७ दशमलव ३० प्रतिशत रहेको छ ।
एसियाली मुलुकका कुल ५ हजार ५ सय १ जना पर्यटक नेपाल आएकामा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क मुलुकका पर्यटकले ३२ दशमलव ४१ प्रतिशत ओगटेको छ । सार्क मुलुकमध्ये सबैभन्दा बढी भारतबाट ३ हजार ९ सय १६ जना अर्थात् २३ दशमलव शून्य ७ प्रतिशत पर्यटक भित्रिएका छन् । त्यस्तै सार्क मुलुकबाट भित्रिने पर्यटक संख्यामा भारतपछि सबैभन्दा बढी बंगलादेशबाट १ हजार २ सय ३६ जना अर्थात् ७ दशमलव २८ प्रतिशत पर्यटक भित्रिएका छन् । उक्त अवधिमा सबैभन्दा कम ५५ जना पर्यटक श्रीलंकाबाट भित्रिएका छन्
।
उक्त अवधिमा सार्क बाहेकका एसियाली मुलुकहरूबाट कुल आगमनको ६ दशमलव ५६ प्रतिशत अर्थात् कुल १ हजार १ सय १४ जना पर्यटन भित्रिएका छन् । चीन, जापान, मलसिया, सिंगापुर, दक्षिण कोरिया, ताइवान, म्यानमार र थाइल्यान्डबाट नेपाल भित्रिने पर्यटकमध्ये सबैभन्दा बढी ३ सय २१ जना चिनियाँ पर्यटक रहेका छन् भने सबैभन्दा कम १८ जना म्यानमारबाट आएका छन् ।
त्यसै गरी एसियापछि सबैभन्दा बढी अमेरिका तथा क्यानडाबाट ३ हजार ६ सय १८ पर्यटकको आगमन भएको छ । यी दुई मुलुकमध्ये अमेरिकाबाट ३ हजार २ सय ५७ र क्यानडाबाट ३ सय ६१ पर्यटन नेपाल आएका हुन् । यी दुई मुलुकबाट गत वर्षको पुस महिनामा ८ हजार ८ सय ७४ जना पर्यटक भित्रिएका थिए ।
युरोपेली मुलुक अस्ट्रेलिया, बेल्जियम, चेक रिपब्लिक, डेनमार्क, फ्रान्स, जर्मनी, इजरायल, इटाली, नेदरल्यान्ड, नर्वे, रूस, स्पेन, स्विडेन, पोल्यान्ड, स्विजरल्यान्ड र बेलायतबाट ३ हजार ५ सय २७ जना पर्यटक नेपाल आएका थिए । अघिल्लो वर्षको पुसमा युरोपेली मुलुकबाट कुल ७ सय ११ पर्यटक मात्र भित्रिएको थियो ।
त्यस्तै सबैभन्दा कम अर्थात १ हजार २ सय ४० पर्यटक अस्ट्रेलिया र न्युजिल्यान्डबाट भित्रिएका छन् । गत पुसमा अस्ट्रेलियाबाट कुल १ हजार २ सय १३ र न्युजिल्यान्डबाट २७ जना नेपाल भित्रिएकोमा अघिल्लो वर्षको पुसमा केवल ६९ जना पर्यटक मात्र नेपाल आएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया