नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्यो
नुवाकोट । बिहीबार नेपालमा ८ हजार १७ जना कोरेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपटेड अनुसार एक दिनमा १५ जनाको निधन भएको छ ।

१५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जनामा र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जनामा गरी ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
यसैगरी निको हुनेको संख्या पनि दिन प्रतिदिन बढिरहेको छ। २४ घण्टामा ५ हजार २९२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
आज काठमाडौं उपत्यकामा कुल ३ हजार १४३ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा नै २ हजार ४०२ जना, ललितपुरमा ५२१ जना र भक्तपुरमा २२० जना छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या १० लाख ६२ हजार १०५ पुगेको छ भने संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६८७ छ। तर अहिलेसम्म ८ लाख ३७ हजार ०४ जनाले कोरोना संक्रमण जितेका छन् ।
हाल देशमा ९० हजार ५७६ सक्रिय संक्रमित छन् । तीमध्ये ८८ हजार ६४२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ९३४ जना संस्थागत आइसोलेसनमा छन् । यसैगरी २५७ जना आईसीयू र ४९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै
गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते
कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत





प्रतिक्रिया