नुवाकोटको जनसंख्या घट्यो, रसुवाको बढ्यो
नुवाकोट । नुवाकोटको जनसंख्या घटेको छ ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नुवाकोटको जनसंख्या शुन्य दशमलव ५१ प्रतिशतले घटेको हो ।
केन्दिय तथ्याङ विभागका अनुसार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नुवाकोटको जनसख्या घटेर २ लाख ६२ हजार ९ सय ८१ पुगेको छ ।
जिल्लामा पुरुषको भन्दा महिलाको संख्या बढी रहेको केन्द्रिय तथ्याङ कार्यालयले जनाएको छ । नुवाकोट महिलाको संख्या एक लाख ३४ हजार १ सय ३२ रहेको छ भने पुरुषको संख्या एक लाख २८ हजार ८ सय ४९ पुगेको छ ।
२०६८ सालको जनगणना अनुसार नुवाकोटको कुल जनसंख्या २ लाख ७७ हजार ४ सय ७१ रहेको थियो ।
यस्तै छिमेकी जिल्ला रसुवाको जनसंख्या भने बढेको छ । केन्दिय तथ्याङ विभागका अनुसार रसुवाको जनसंख्या शुन्य दशमलव ४९ प्रतिशतले जनसंख्या बृद्धि भएको छ ।
रसुवामा राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार रसुवाको जनसंख्या ४५ हजार ५ सय ५४ पुगेको छ । २०६८ सालको जनगणनामा रसुवाको जनसंख्या ४३ हजार ३ सय रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण





प्रतिक्रिया