आइतबार देशभर ६ हजार ४ सय ६२ जना कोभिड १९ संक्रमित थपिए
नुवाकोट । आइतबार थप ६ हजार ४ सय ६२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुल १७ हजार ४३७ जनामा कोरोना परीक्षण गरिएको थियो ।
तीमध्ये १३ हजार ३ सय ७७ जनाको पिसिआर परीक्षण गर्दा ५ हजार ५९८ जनामा र ४ हजार ६० एन्टिजेन परीक्षणबाट ८६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले एक दिनमा कोरोना संक्रमणका कारण ४ जनाले ज्यान गुमाएको जानकारी दिएका छन् । यस्तै सोहि अवधिमा एक हजार ४१६ जना कोरोना निको भएको पनि उनले पत्रकार सम्मेलनमा बताए ।
आज काठमाडौं उपत्यकामा ३ हजार ७,९१ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा २ हजार ८६८, भक्तपुरमा ३२१ र ललितपुरमा ६०२ जना हुन् ।
२४ घण्टमा गरिएको कुल पीसीआर परीक्षणमध्ये देशभरको औसत संक्रमण दर ४१.८ प्रतिशत रहेको छ ।
हाल देशमा होम आइसोलेसनमा ७५ हजार ३७६ र संस्थागत आइसोलेसनमा १ हजार ६६४ जना गरी ७७ हजार ४० जना कोरोनाका सक्रिय संक्रमित छन्। यसैगरी संस्थागत आइसोलेसनमध्ये आईसीयूमा २१५, भेन्टिलेटरमा ४० जना र क्वारेन्टिनमा १४९ जना रहेको पनि मन्त्रालयले जनाएकाे छ ।
थप २८ जनामा ओमिक्रोन पुष्टि
नेपालमा थप २८ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे पत्रकार सम्मेलनमा पछिल्लो पटक गरिएकाे ३२ नमुनाकाे जीन सिक्वेन्सिङको नतिजा अनुसार २८ वटामा ओमिक्रोन संक्रमण देखिएकाे छ भने बाँकी चारमा डेल्टा भेरियन्ट पुष्टि भएको छ ।यसरी नेपालमा ८८ प्रतिशत ओमिक्रोन र बाँकी डेल्टा भेरियन्ट रहेकाे जानकारी पनि मन्त्रालयले दिएकाे छ ।
नेपालमा कोरोना भाइरसको डेल्टा भेरियन्टलाई ओमिक्रोनले प्रतिस्थापन गर्दै लगेको मन्त्रालयका सह प्रवक्ता अधिकारीले बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी
रास्वपा नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल निर्वाचित





प्रतिक्रिया